10 years ago
November 8, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीलाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको थियो| न्यायाधिवक्ताको कार्यलयले सुझाव संसोधन गर्दै दफा ३ को उफदफा १ अनुसारको सजाय माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपालको प्रतिनिधित्व गर्दै खेलेको खेल मिलेमतो गरी खेलाडीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको अभियोग पत्रमा दाबी गरिएको छ| ३ को दफा १ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुनेछ,’ उल्लेख गरिएको छ |
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]