8 years ago
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आइतबार राती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन्। विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन्।
सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ले हराउँदै उपाधि भिडन्त तय गरेको हो। समूह चरणमा भएको खेलमा जर्मनी र चिलीले १-१को बराबरी खेलेका थिए। उक्त खेलमा चिलीका एलेक्सिस स्यान्चेजले अग्रता दिलाएपनि लार्स स्टीन्डलले बराबरी गोल फर्काएका थिए।
जर्मनीका प्रशिक्षक जोकिम लोले चिलीविरुद्धको खेलमा टोली निकै सजग हुनुपर्ने बताए। ‘हामीले खेलको सुरुवात देखिनै पकड बनाउन एकदम जरुरी छ। चिलीले सकेसम्म धेरै दबाव दिने पक्का छ, त्यसैले हामीले खुलेर खेल्नुका साथै अनावश्यक गल्ति गर्ने ठाउँ दिनु हुन्न।’
यता चिलीका प्रशिक्षक एन्टोनियो पिज्जीले भने युवा खेलाडीले भरिपूर्ण भएतापनि जर्मनी एक अब्बल टोली रहेको बताए। ‘जर्मनीसँग युवा भएर पनि धेरै अनुभव बटुलेका खेलाडीहरु छन्। सानो उमेरमा ठुलो प्रतियोगिता र टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीहरुले निकै राम्रो खेल देखाईरहेका छन्। हाम्रो लक्ष्य भनेको उनीहरुकै स्तरमा पुगेर अझै धेरै मिहेनेत गरर खेल्नु हो।’
खेल नेपालीसमयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]