default_image

8 years ago

July 2, 2017

पोर्चुगल र मेक्सिको तेश्रो स्थानको लागि खेल्दै

161 views

0 Bookmark

एजेन्सी – सेमिफाइनलमा पराजित टोली मेक्सिको र पोर्चुगल फिफा कन्फेडेरेसन कप अन्तर्गत तेश्रो स्थानको खेलको लागि आज मैदानमा उत्रदैछन्। मेक्सिकोले जर्मनी र पोर्चुगलले चिलीसँग सेमीफाइनलमा पराजित भएको थियो।

समूह चरणमा यी दुई टोलीको खेल हुँदा खेल २-२को बराबरीमा सकिएको थियो। खेलको अन्तिम मिनेटमा हेक्टर मोरेनोले हेडर गोल गर्दै अंक बाँड्न बाध्य पारेका थिए। मेक्सिको र पोर्चुगलबिचको पछिल्ला ४ खेलमा पोर्चुगल अपराजित रहेको छ।  पोर्चुगल उक्त खेलमा रहेको २ जित र २ बराबरीको नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ।

यद्दपी पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो सेमिफाइनल खेल सकिएलगत्तै टोली छाडेर गएका छन्। आफ्नो जुम्ल्याहा छोराहरु जन्मेपछि टोली व्यवस्थापनले उनलाई बिदा दिएको हो। रोनाल्डोले मेक्सिको विरुद्धको खेलमा सहभागिता जनाउने छैनन्। यद्दपी पछिल्लो खेल प्रतिबन्धका कारण गुमाएका डिफेन्डर पेपे भने छनोटको लागि योग्य हुनेछन्।

मेक्सिकोले पनि यस खेलका लागि वैकल्पिक खेलाडीहरुलाई मौका दिने बुझिएको छ। गोलरक्षक गिल्लेर्मे ओचोआ, डिफेन्डर हेक्ट मोरेनो, फरवार्ड जाभिएर हर्नान्डेज लगायतका खेलाडीहरुलाई विश्राम दिइने बुझिएको छ।

खेल नेपाली समयानुसार रातको ७:४५ बजे सुरु हुनेछ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.