8 years ago
July 2, 2017
एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा मेक्सिकोलाई २-१ले हराउँदै पोर्चुगलले फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानमाथि कब्जा जमाएको छ। सेमिफाइनलमा पराजित दुई टोलीले आज भएको तेश्रो स्थानको खेलको नियमित समयमा १-१को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।
खेलको १६औं मिनेटमा मेक्सिकोका गोलरक्षक गिल्लेर्मे ओचोआले एड्रियन सिल्भाको पेनाल्टी रोक्दै खेललाई बराबरीमा राखेका थिए। तर, ५४औं मिनेटमा पोर्चुगलका लुइस नेटोले आफ्नै पोष्टमा बल छिराएपछि मेक्सिकोले अग्रता लिएको थियो। खेलको अन्त्य नजिकिंदै गर्दा इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका कार्यवाहक कप्तान पेपेले रिकार्डो करेज्माको क्रसमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
थप गरिएको समयको १ सय ४औं मिनेटमा एड्रियन सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सिमित भएका थिए। पोर्चुगलका नेलसन सेमेडो र मेक्सिकोका राउल जिमिनेजले क्रमश: १०६औं र ११२औं मिनेटमा रातो कार्ड खाएका थिए।
खेलको भिडियो:
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]