8 years ago
July 3, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो। उक्त प्रतियोगितामा व्यक्तिगत विधाबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार रहेका छन्:
गोल्डेन ग्लोभ: क्लाउडियो ब्राभो (चिली)
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ चिलीका कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले प्राप्त गरे। उनले सेमिफाइनलमा पोर्चुगलविरुद्ध पेनाल्टी सुटआउटमा ३ ओटा पेनाल्टी बचाऊ गरेका थिए। त्यसबाहेक पनि उनको प्रदर्शन निकै राम्रो रहेको थियो।
गोल्डेन बुट: टिमो वेर्नर (जर्मनी)
जर्मनीकै लार्स स्टीन्डलसँग समान ३ गोल गरेका वेर्नरले २ असिस्ट गरेका कारण गोल्डन बल जितेका हुन्। समूह चरणमा न्युजील्याण्ड विरुद्ध २ गोल गरेका वेर्नरले मेक्सिको विरुद्ध सेमिफाइनलमा पनि १ गोल गरेका थिए। उनले फाइनल खेलमा स्टीन्डलले गरेका गोलको लागि असिस्ट दिएका थिए।
गोल्डेन बल: जुलियन ड्रयाक्स्लर (जर्मनी)
जर्मन टोलीका कप्तान रहेका ड्रयाक्स्लरले प्रतियोगिताको सबै खेलमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरे। टोलीलाई उपाधिसम्म पुर्याउन उनले नेतृत्व पनि राम्रोसँग सम्हालेका थिए।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]