default_image

8 years ago

July 3, 2017

नेयमारलाई भित्र्याउन पिएसजी र युनाइटेड तयार

103 views

0 Bookmark

एजेन्सी – ब्राजिलका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड नेयमारले चाहेको खण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र इंगलिस क्लब म्यानचेस्टर युनाइटेड उनलाई जतिसुकै रकममा पनि आफ्नो क्लबमा भित्र्याउन तयार रहेको बुझिएको छ। नेयमारको हाल बार्सिलोनामा १ सय ७४ मिलियन पाउण्डको रिलिज क्लज रहेको छ।

गत सिजन औसत प्रदर्शन गरेको बार्सिलोनाले यस सिजनका लागि नयाँ प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई भित्र्याएको छ। एथलेटिक बिल्बाओका पूर्व प्रशिक्षक एर्नेस्टोले हालसम्म बार्सिलोनाका लागि कुनै खेलाडी अनुबन्धन गरेका छैनन्। यसले बार्सिलोनाका फरवार्ड नेयमारलाई भने चिन्ता लाग्न थालेको स्पेनिस पत्रिका डन बालोनले जनाएको छ।

बार्सिलोनाको लागि गत सिजन राइट ब्याक र सेन्टर मिडफिल्डमा निकै समस्या देखिएको थियो। ड्यानी आल्भेसको प्रस्थानसँगै बार्सिलोनाले उक्त पोजिसनमा आर्सनलका हेक्टर बेल्लेरिनलाई भित्र्याउन खोजेपनि सफल हुन सकेको छैन। यसैगरी, सेन्टर मिडफिल्डमा पनि पेरिसका मार्को भेर्राट्टीको नाम अगाडी आएको छ। खेलाडी अनुबन्धनमा ढिलाई भएसँगै नेयमार भने निराश भएको पत्रिकले लेखेको छ।

Neymar

यसैगरी नेयमारले बार्सिलोना छाड्न चाहेको खण्डमा म्यानचेस्टर र पेरिस दुवै क्लबले बार्सिलोनाले चाहेजति रकम आफुले तिर्न सक्ने बताएका छन्। ज्लाटन इब्रहिमोभिचले क्लब छाडेसँगै दुवै क्लब अहिले फरवार्डको खोजीमा रहेका छन्। पेरिसमा एडिन्सन काभानी एक्लै फरवार्ड खेलिरहेका छन् भने युनाइटेडका वायान रुनी प्रशिक्षक मोउरिन्होको योजनामा पर्न सकेका छैनन्।

नेयमारले क्लब छाड्ने सम्भावना एकदमै कम छ। सुआरेज र मेस्सीसंगको तालमेल प्रत्यक सिजन उत्कृष्ट हुँदै गइरहेको र उनले आगामी विश्वकपमा ब्राजीलबाट उत्कृष्ट प्रदर्शन गर्ने सुरमा रहेकाली उनि यस सिजन भने बार्सिलोनामै रहने छन्। यद्दपी उनलाई केहि असहज भएको खण्डमा भने दुवै टोलीको ढोका उनको लागि हरदम खुला रहने बालोनले जनाएको छ।

Neymar

बार्सिलोनाको नयाँ जर्सीमा नेयमार

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.