8 years ago
July 3, 2017
एजेन्सी – टर्कीका राष्ट्रिय टोलीका सदस्य एवं जर्मन क्लब बाएर लेभरकुसेनका मिडफिल्डर हाकान चाल्हानोग्लु इटालियन क्लब एसी मिलानसँग आबद्ध भएका छन्। मिलानले हाकानलाई भित्र्याउन २० मिलियन युरो खर्चेको हो।
२३ वर्षीय खेलाडी हाकान चाल्हानोग्लु फ्रिकिक प्रहारका लागि परिचित खेलाडी हुन्। उनलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हट्स्पर, लिभरपुल लगायतक ठुला क्लबले पनि भित्र्याउन चाहेका थिए। तर, यस सिजन नयाँ स्वरुपमा देखिने सुरमा रहेको एसी मिलानको योजनाप्रति प्रभावित हुँदै उनले इटाली जाने सोच बनाएका हुन्।
आक्रामक मिडफिल्डमा खेल्न रुचाउने चाल्हानोग्लुको कान भने जन्मजातनै उल्टो रहेको छ। टर्कीस राष्ट्रिय टोलीको लागि लागि २६ खेल खेलेका हाकानले हालसम्म ८ गोल गरिसकेका छन्। उनले बायरमा ३ सिजन बिताउँदै ७९ खेलमा १७ गोल गरेका थिए।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]