राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्|
उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो|
संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको धारणा व्यक्त गरे| सातौं राष्ट्रिय खेलकुद नजिकिंदै गर्दा यसले खेलाडीको तयारीमा धक्का पुगेको अभिव्यक्ति खेलाडीहरुले दिए|
उपप्रधानमन्त्रि थापाले खेलाडीहरुको यस्तो कदमलाई स्वागत गर्दै चाडैं नै यो समस्या सुल्झिने वाचा गरे| सबैतिरबाट राम्रो साथ पाएको र कुटनितिक पहलबाटै समस्या सुल्झीनेमा ढुक्क हुन मन्त्रि थापाले आश्वासन दिए|