8 years ago
July 3, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजन २०१७-१८ को होम किट सार्वजनिक गरेको छ। क्लबको प्रायोजकमा अमेरिकी मोटर कम्पनि सेभ्रोले र किट उत्पादकमा एडीडासले नै निरन्तरता पाएको छ।
युनाइटेडको २०१५-१६ को होम किटको महसुस दिलाउने नयाँ जर्सीमा पनि काँधमा सेतो तिन धर्के रेखा छन्। पाखुरादेखिको भागमा भने सादा रातो रहनेछ। बाउलाको अन्त्यमा सेतो र कालो रङ्गको कपडा प्रयोग गरिएको छ।
युनाइटेडले सार्वजनिक गरेको होम किट पहिलो पटक प्रि-सिजनको खेलमा प्रयोग गरिनेछ। युनाइटेडले जुलाई १५ मा अमेरिकाको एलए ग्यालेक्सीसँग खेल्दैछ। प्रिमियर लिगमा छैटौं स्थानमा रहेर सिजन अन्त्य गरेपनि युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा स्थान पाएको युनाइटेड नयाँ सिजनको तयारीमा जुट्दैछ। यसपटक म्यानचेस्टर युनाइटेडले अमेरिकामा प्रि-सिजनका केहि खेलहरु खेल्ने छ।
एल ए ग्यालेक्सी र रियल साल्ट लेकसँगको मैत्रीपूर्ण खेलपछि युनाइटेडले अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा इङ्लिश र स्पेनिस टोलीहरुको सामना गर्नेछ। युनाइटेडले यस सिजनका लागि नयाँ खेलाडीहरु भित्र्याउने क्रम पनि सुरु भइसकेको छ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]