8 years ago
July 6, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिगको क्लब आर्सनलले फ्रान्सको लिग वान क्लब लियोनबाट कीर्तिमानी रकम तिर्दै फ्रान्सेली स्ट्राइकर एलेक्जेन्डर लाकाजेटलाई भित्र्याएको छ। आर्सनलले ४६.५ मिलियन पाउण्ड तिरेर ५ वर्षको सम्झौता गर्दै लाकाजेटलाई अनुबन्धन गरेको हो।
यसअघि रियल म्याड्रिडबाट सन् २०१३मा जर्मनीका मेसुट ओजिललाई भित्र्याउँदा आर्सनलले ४२ मिलियन पाउण्ड तिरेको थियो। २६ वर्षीय लाकाजेट यसै हप्ताबाट सुरु हुने अष्ट्रेलियन टुरबाट टोलीसँग मिसिनेछन्। त्यसपछि आर्सनलले प्री-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बायर्न म्युनिखको सामना गर्ने कार्यक्रम रहेको छ।
गत सिजन लियोनका लागि लिग वानमा २८ गोल गरेका लाकाजेट फ्रान्सेली लिगमा एडिन्सन कभानीपछिका सर्वाधिक गोलकर्ता रहेका थिए। कभानीले पीएसजिका लागि ३५ गोल गरेका थिए। लियोनका लागि सन् २००९/१०देखि पहिलो टोलीमा खेलेका उनले २ सय ७५ खेलमा १ सय २९ गोल गरेका छन्। उनले फ्रान्सेली राष्ट्रिय टोलीका लागि ११ खेल खेलिसकेका छन्।
आर्सनलले यससँगै आगामी सिजनक लागि २ नयाँ खेलाडी भित्र्याएको छ। यसअघि साल्काबाट लेफ्ट ब्याक सियाड कोलासिनाच पनि आर्सनल आइसकेका छन्।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]