default_image

8 years ago

July 7, 2017

बाप्पेलाई भित्र्याउन रियलले मोराटा र रोड्रीग्वेजलाई बेच्ने

128 views

0 Bookmark

एजेन्सी – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई क्लबमा अनुबन्धित गर्न अल्भारो मोराटा र हामेस रोड्रीग्वेजलाई बेच्ने भएको छ। बाप्पेलाई आफ्नो टोलीमा सामेल गर्न रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ।

मोनाकोले बारम्बार बाप्पेलाई नबेच्ने बताएपनि पिएसजी र रियलले भने जसरी पनि उनलाई क्लबमा ल्याउने सुरमा रहेका छन्। स्पेनी पत्रिका मार्साका अनुसार पिएसजीले गरेको १ सय २० मिलियन युरोको प्रस्ताब मोनाकोले नकारीसकेको छ। यता म्याड्रिडले भने बाप्पे रियलमा आएको खण्डमा उनको तलब दोब्बर बनाउने प्रस्ताब पनि राखेको छ।

रियलले बाप्पेलाई क्लबमा उनको स्थान पक्का रहेको र त्यसका लागि अहिलेका टोलीका केहि खेलाडीलाई बेच्ने योजना रहेको पनि खुलासा गरेको छ। गत सिजन पहिलो टोलीमा कम मौका पाएका मोराटा र रोड्रीग्वेजले क्लब छाड्ने भएका छन्। म्यानचेस्टर युनाइटेडले मोराटालाई किन्ने हल्ला भएपनि लुकाकु युनाइटेड आउने भएपछि उक्त सम्भावना  न्यून रहेको छ। एसी मिलानले मोराटालाई भित्र्याउन सक्ने सम्भावना बढेको छ।

बाप्पेली गत सिजन मोनाकोका लागि २९ खेलमा १५ गोल गर्दै उपाधि दिलाएका थिए।रियलका प्रशिक्षक जिदानले फ्रान्सेली युवा खेलाडी बाप्पेलाई यस ट्रान्सफर विन्डोको मुख्य खेलाडीका रुपमा हेर्दै आएका छन्।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.