8 years ago
July 7, 2017
एजेन्सी – इटालियन राष्ट्रिय फुटबल टोलि एवं पेरिस सेन्ट जर्मन (पिएसजी)का मिडफिल्डर मार्को भेर्राट्टीलाई क्लबले बन्दी बनाएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आरोप लगाएका छन्। बार्साले सिजनको अन्त्य भएदेखिनै भेर्राट्टिलाई क्लबमा ल्याउने योजना बनाएको थियो।
नवनियुक्त प्रशिक्षक एर्नेस्टो भालभेर्डे पनि भेर्राट्टिको प्रशंसक रहेको र उनको खेलशैली बार्सिलोनामा मेल खाने भएकोले बार्सिलोनाले यसपटक उनैलाई मुख्य खेलाडीको रुपमा उभ्याएको छ। तर, पिएसजीले कुनै हालतमा पनि खेलाडीलाई नछाड्ने निर्णय लिएपछि बार्सिलोना समस्यामा परेको छ। भेर्राट्टि स्वयं बार्सा आउन इच्छुक रहेकाले पिएसजीले उनलाई बन्धक बनाएको आरोप अध्यक्ष जोसेपले लगाएका छन्।
‘भेर्राट्टि बार्सिलोनाको मिडफिल्ड सम्हाल्न सक्ने खेलाडी हुन् र प्रशिक्षक पनि उनलाई राम्रो ठान्दछन्। भेर्राट्टि आफैं पनि बार्सिलोना आउन आतुर देखिएका छन्। तर पिएसजी भने उनको कुनै रकममा तुलना हुन नसक्ने बताउँदै उनलाई क्लबमै राख्न चाहन्छन्।’
भेर्राट्टिका एजेन्टले पनि पिएसजीका मालिकले उनलाई विक्री नगर्ने निर्देशन दिइसकेको बताउँछन्। एजेन्ट डोनाटो डे काम्प्लीले भेर्राट्टि आफैं बार्सा जान इच्छुक रहेपनि क्लबका मालिकले त्यसो गर्नबाट जसरी पनि रोक्ने निर्णय लिएको बताए।
बार्सिलोना अध्यक्ष जोसेपले क्लबले नचाहेसम्म खेलाडीको केहि नलाग्ने हुनाले सकेसम्म चाँडो पिएसजीसँग वार्ता गर्ने बताए। उनले खेलाडीको रिलिज क्लज भएको अवस्थामा क्लबले खर्च गर्न पछि नहट्ने भएपनि यस अवस्थामा भने पेरिससँग वार्ता गर्न कुर्नै पर्ने रहेको बताए।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]