8 years ago
July 8, 2017
एजेन्सी – १८ महिनाको उमेरदेखि न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरबाट पिडित रहेका इङ्गलिस् क्लब सन्डरल्याण्ड फुटबल क्लबका समर्थक ब्राडली लोअरीको ६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक संजालमा संदेश लेख्दै उनको निधन भएको बताएको हो।
यसै सिजन रेलिगेसनमा पारेको सन्डरल्याण्डले गत सिजन उनलाई क्लबको मस्कट बनाएको थियो। उनको क्लबका मुख्य स्ट्राइकर एवं इङ्गल्याण्ड राष्ट्रिय टोलीका फरवार्ड जर्मेन डेफोसँग गहिरो मित्रता रहेको थियो। डेफो केहि दिन अघि पनि ब्राडलीलाई भेट्न उनकै निवास पुगेका थिए। यसै साता बर्नमाउथसँग अनुबन्धित रहेका डेफोले ब्राडलीलाई जिन्दगिभर बिर्सन नसक्ने भन्दै भक्कनिएका थिए।
उनको उपचारका लागि फुटबलसँग सम्बन्धित क्लब, समर्थकदेखि खेलाडीसम्मले पनि निकै सहयोग गरेका थिए। तर उक्त रोगको उपचार सम्भव नभेटिएकोले उनले मृत्युको सामना गर्नुपर्यो। उनको सहयोगार्थ खोलिएको च्यारिटीमा संसारभरका मान्छेले योगदान दिएका थिए। ब्राडलीको परिवारले उठेको पैसा यस रोग लागेर थला परेका अन्य बिरामीमा खर्च हुने बताएको छ।
गत वर्ष इङ्गल्याण्डको मैत्रीपूर्ण खेलमा ब्राडली मुख्य मस्कट बनेर खेलमैदानमा देखिएका थिए। त्यससँगै डिसेम्बर महिनामा उनले गोल अफ द मन्थको उपाधि पनि जिते। प्रशिक्षणका क्रममा चेल्सीका गोलरक्षक आस्मीर बेगोभिचलाई हानेको पेनाल्टीले थुप्रै वहवाहि पाएको थियो। उनलाई विभिन्न क्लबले निमन्त्रणा दिएर आफ्नो क्लबका खेलाडी एवं प्रशिक्षकसँग भेटघाट गराएको थियो।
अनेक समस्याका बावजुद पनि सधैं हँसिलो रहने ब्राडलीले फुटबल जगत मात्र हैन अन्य क्षेत्रका मानिसलाइ पनि प्रेरणा दिएका छन्। हाम्रो खेलकुद डट कम मृत आत्माको चिर शान्तिको कामना गर्दछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]