default_image

8 years ago

July 8, 2017

रोनाल्डोका छोरा ब्राजिलियन टोलीमा छनोट

132 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी रोनाल्डोका छोरा रोनाल्ड ब्राजिलको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा परेका छन्। रियल म्याड्रिड, बार्सिलोना र इन्टरबाट क्लब फुटबल खेलेका रोनाल्डोका छोराले प्रतिष्ठित मक्काबिआ गेम्समा ब्राजिलियन टोलीको प्रतिनिधित्व गर्दैछन्।

सन् १९९९मा रोनाल्डो इन्टर मिलानबाट खेल्दा छोरा रोनाल्ड नाजारियो डे लिमाको जन्म भएको थियो। रोनाल्डोकि श्रीमती पनि ब्राजिलियन महिला राष्ट्रिय टोलीकी सदस्य थिईन्। दुवै जनाले जोडेर ब्राजिलको रश्त्रिउय टोलीका लागि १ सय १८ क्याप जितेका छन्। क्लब स्तरीय खेलमा भने दुवैको जम्मा ७ सय ७५ खेल हुन्छ, जसले छोरा रोनाल्डको जिनमा फुटबल भरिभराउ छ भन्ने पुष्टि हुन्छ।

रोनाल्डोले सामाजिक संजालमा फोटो हाल्दै छोरालाई शुभकामना दिएका छन्। रोनाल्डोकि श्रीमतीले १७ वर्षको उमेरमा ५५ हजार १ सय ८७ पटक ‘किपि-अप‘ गर्दै विश्व कीर्तिमान कायम गरेकी थिइन्। रोनाल्डोले फिफा विश्वकप २००२मा अभूतपूर्व प्रदर्शन गर्दै टोलीलाई विश्वकप उपाधि दिलाएका थिए। त्यसयता ब्राजिलले विश्वकपमा आशातित प्रदर्शन गर्न सकेको छैन।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.