default_image

8 years ago

July 9, 2017

चेल्सीको ध्यान बेलोट्टीतर्फ मोडियो

125 views

0 Bookmark

एजेन्सी – बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु म्यानचेस्टर युनाइटेड जाने पक्का भएसँगै चेल्सीले आफ्नो ध्यान इटालियन स्ट्राइकर आन्द्रीए बेलोट्टीतर्फ मोडेको छ। गत सिजन राष्ट्रिय टोली र क्लब गरेर कुल ३२ गोल गरेका बेलोट्टी इटालियन क्लब टोरीनोबाट खेल्दै आएका छन्।

प्रशिक्षक एन्टोनियो कन्टेको नजरमा लुकाकु पहिलो रोजाई भएपनि उनलाई भित्र्याउन नसकेपछि चेल्सीले अन्य स्ट्राइकर खोजेको हो। प्रशिक्षक कन्टे आइतबारबाट चेल्सीको प्रशिक्षणमा सामेल भएसँगै चेल्सीले औपचारिक रुपमा प्रस्ताब राख्ने बुझिएको छ। गत सिजन चेल्सीका लागि सर्वाधिक गोल गरेका डिएगो कोष्टालाई प्रशिक्षक कन्टेले आफ्नो योजनामा नराखेसँगै चेल्सी नयाँ खेलाडीको खोजमा रहेको छ।

लुकाकुले युनाइटेडबा खेल्ने पक्का भएसँगै कन्टे चेल्सीको बोर्डसँग रिसाएको भन्ने अपुष्ट खबरपनि ब्रिटिस मिडियामा आएको छ। गत सिजन प्रिमियर लिग उपाधि जितेपछि कन्टेले अर्को सिजनको बारे सोच्नु पर्ने प्रतिक्रिया दिएका थिए। चेल्सीले आर्सनलका एलेक्सिस स्यान्चेज र रियल म्याड्रिडका अल्भारो मोराटालाई पनि आफ्नो विकल्पमा राखेको छ।

यद्दपी इटालीका यूवा स्ट्राइकर आन्द्रीए बेलोट्टी कन्टेको लागि मुख्य हतियार बन्ने सम्भावना प्रबल छ। कन्टे आफैं इटालीका भएका र उनले आफु इटालीमा रहँदा उनको प्रदर्शन देखेकाले पनि बेलोट्टीलाई भित्र्याउनु चेल्सीका लागि राम्रो हुने बुझाई छ। टोरीनोले बेलोट्टीका लागि ९० मिलियन पाउण्ड तिर्नुपर्ने माग राख्दै आएकोमा चेल्सीले प्रशिक्षक कन्टेलाई खुसि बनाउन कुनै हालतमा पनि उनलाई भित्र्याउनु पर्ने बाध्यता रहेको छ।

कोष्टाको प्रस्थानसँगै चेल्सीमा मुख्य स्ट्राइकरका रुपमा बेल्जियन मिशी बात्शुआइ रहनेछन्। गत सिजन एकदम कम खेल समय पाएका उनले टोलीका लागि महत्त्वपूर्ण गोल गरेका थिए। यस सिजन उनले केहि बढी अवसर पाउने अपेक्षा गरिएको छ। मार्सेबाट आएका बात्शुआइले आफु चेल्सीमै रहने स्पष्टोक्ति दिइसकेका छन्।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.