8 years ago
July 10, 2017
एजेन्सी – ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका कप्तान एवं बार्सिलोनाका फरवार्ड नेयमारले आफ्नो भविष्य बर्सिलोनामै मात्र नरहेको स्वीकारेका छन्। गत अक्टोबरमा बार्सिलोनासँग ५ वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका नेयमारले खुलेआम आफु बार्सिलोनामै बसिराख्ने पक्का नभएको बताएका छन्।
गत सिजन म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन नेयमारका लागि १ सय ८० मिलियन युरोसम्मको प्रस्ताब गर्न तयार रहेका उनकै एजेन्ट वाग्नर रिबिएरोली जानकारी दिए। त्यसैकारण बार्सिलोनाले नेयमारलाई १ महिनापछिनै नयाँ सम्झौता गर्न मनाएको थियो। हाल नेयमारले बार्सिलोनामा नयाँ सम्झौता बमोजिम प्रति हप्ता ३ लाख ५० हजार युरो कमाउँछन्।
हाल ब्राजिलमा छुट्टि मनाइरहेका नेयमारलाई पत्रकारले एक कार्यक्रममा म्यानचेस्टर युनाइटेडसँग अनुबन्धित हुनेबारे प्रश्न गर्दा उनले खुलेर जवाफ दिए। सुरुमा ठट्यौली पारामा ‘हुन्छ, वा एइबार पनि नराम्रो छैन!‘ भनेर उत्तर दिएका नेयमारले केहि समयपछि भने भविष्यको बारेमा केहि भन्न नसकिने बताए। ‘भोली के हुन्छ कसलाई थाहा छ र? म अहिले बार्सिलोनामा खुसि छु र मलाई सबैथोक मिलेको छ। तर. समयसँगै जे पनि हुन सक्छ।’
गत सिजन तेश्रोपटक कोपा डेल रे जितेका नेयमारले व्यक्तिगत रुपमा सन्तोषजनक प्रदर्शन गएपनि बार्सिलोनाको लागि भने उत्तम हुन सकेन। ला लिगामा दोश्रो स्थान प्राप्त गरेको बार्साले च्याम्पियन्स लिगमा भने क्वार्टरफाइनलमै पराजित हुन पुग्यो। नेयमारले नयाँ सिजनको लागि भने टोलीले अझै मेहेनत गर्ने बताए।
‘मलाई आशा छ कि अर्को सिजन हामीले थुप्रै खुशी र सफलता प्राप्त गर्नेछौं। म अर्को सिजन सुरु हुने तयार हुँदैछु। यो मेरो करियरकै एक महत्त्वपूर्ण सिजन हुनेछ। म यसका लागि एकदम उत्सुक छु।’
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]