8 years ago
August 14, 2017
ग्वेनगाम्प (एजेन्सी) – विश्व कीर्तिमानी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको डेब्यु खेलमा पिएसजीले ग्वेन्गाम्पमाथि ३-०को सहज जित दर्ता गरेको छ। यस जितसँगै पिएसजीको २ खेलमा ६ अंक भएको छ।
पिएसजीले खेलमा निरन्तर आक्रमण बुनेपनि पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन। उसले ५२औं मिनेटमा आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो। घरेलु टोलीका डिफेन्डर जोर्डन इकोकोले बक्सभित्रबाट हतारमा गोलरक्षकलाई ब्याकपासदिएको बल गोलरक्षकले सम्हाल्न नसक्दा गोलमा परिणत भएको थियो।
त्यसपछि थप आक्रामक बनेको पिएसजीले ६२औं मिनेटमा अग्रता दोब्बर पार्यो। नेयमारको उत्कृष्ट थ्रु पासमा फरवार्ड एडिन्सन कभानीले गोल गर्दै टोलीलाई २-०ले अगाडी बढाए। ८२औं मिनेटमा नेयमारले पनि गोल गर्दै पिएसजीका लागि डेब्युमै खाता खोले। उनले कभानीको पासमा सहजै गोल गर्दै पिएसजीको लागि पहिलो गोल गरेका थिए।
प्रशिक्षक उनाइ एमेरीले नेयमारलाई बायाँ फरवार्डका रुपमा खेलाएपनि फरवार्ड लाइनमा घुम्ने स्वतन्त्रता दिएका थिए। नेयमारको मुभमेन्टले विपक्षी डिफेन्डरलाई निकै कठिन भएको थियो। पिएसजी गोल अन्तरका कारण अंक तालिकाको दोश्रो स्थानमा रहेको छ। पिएसजीसँगै अन्य ५ टोलीले पनि आफ्नो सुरुवाती २ खेल जितेका छन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]