8 years ago
August 15, 2017
होफेनहायम (एजेन्सी) – च्याम्पियन्स लिग प्ले अफ अन्तर्गतको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहायमको सामना गर्दै छ । प्ले अफको पहिलो लेग होफेनहायमको घरेलु मैदानमा हुनेछ ।

वाट्फर्डसँग अग्रता गुमाउदै प्रिमियर लिगमा बराबरीसँगै सिजनको सुरुवात गरेको लिभरपुलले सिजनको दोस्रो खेलमा होफेनहायमको सामना गर्नेछ । आफ्नो महत्वपूर्ण खेलाडी कौटिन्होको भविष्य अन्योलमा रहँदा लिभरपुलले पहिलो लेगमा उनको साथ पाउने छैन । वाट्फर्डसँगको खेल गुमाएका ब्राजिलियन मिडफिल्डर ढाडको चोटको कारण यार्गन क्लपको टोलीमा छैन । त्यस्तै अर्का मिडफिल्डर एडम लालानाले पनि खेल गुमाउने छन् । होफेनहायम लिभरपुलको नयाँ ९ नम्बरका खेलाडी रोबर्टो फर्मिनो सन् २०१५ मा २९ मिलियन पाउण्डमा लिभरपुलसँग आबद्ध भएका थिए र भूतपूर्व टोलि बिरुद उनि पहिलो पल्ट मैदानमा उत्रिने छन्।
होफेनहायमका युवा प्रशिक्षक जुलियन नागेल्समान युवा जोशमा साथ मैदानमा टोलीलाइ उतार्ने छन्। होफेनहायमका तत्कालिन प्रशिक्षक हब स्टेभेन्स अस्वस्थताका कारण क्लब छाड्दा ११ फेब्रुअरी २०१६ मा ३०वर्षीय नागेल्समानले उनको पद सम्हालेका थिए ।
होफेनहायमले जर्मन लिगको तेस्रो श्रेणीको क्लब इर्फर्टसँग जर्मन कपमा १-० को जितबाट सिजनको सुरुवात गरेको थियो । अघिल्लो सिजन जर्मन लिग बुन्डेसलिगामा चौथो हुदैँ क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको प्ले अफ खेल्दै छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]