8 years ago
October 15, 2017
वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगमा गए राति आर्सनलले वाटफोर्डसँग २-१ को हार बेहोरेको छ । वाटफोर्डका लागि ट्रोय डिनी र टम क्लेभरलीले गोल गरेका थिए भने पर मर्टिस्याकरले आर्सनलका लागि एक गोल गरेका थिए ।
वाटफोर्डको घरेलु मैदान भिकरेज रोडमा आर्सनलले ३९ औं मिनेटमा अग्रता लिएको थियो । ग्रानिट जाकाको कर्नरमा मर्टिस्याकरले गोल गरेका थिए । यो खेल क्लबका कप्तान मर्टिस्याकरको यस सिजनको पहिलो सुरुवात पनि थियो । तर आर्सनलको सो अग्रता पहिलो हाफसम्म मात्र टिक्यो ।
खेलको ७० औं मिनेटमा आर्सनलका डिफेन्डर हेक्टर बेल्लेरिनले रिचार्लिसनलाई लडाउँदा पाएको पेनाल्टीलाई वाटफोर्डका परिवर्तित खेलाडि डिनीले गोलमा परिणत गरेका थिए । त्यस्तै इन्ज्युरी समयमा पूर्व म्यानचेस्टर युनाइटेडका खेलाडी टम क्लेभरलीले गोल गर्दै वाटफोर्डलाई रोमञ्चक जित दिलाएका थिए ।
यस जितसँगै सिजनमा बलियो सुरुवात गरेको वाटफोर्ड १५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको छ । अर्को तर्फ ८ खेलमा १३ अंक बटुलेको आर्सनल भने छैठौँ स्थानमा झरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]