8 years ago
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) को उपाधि दौडलाई बलियो बनाउँदै लगेको छ ।
हिजो भएको खेलमा किरण सम्मिलित टोलीले तिनादुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हाउँदै केही समयका लागि लिगको शीर्षस्थानमा उक्लेको थियो । यद्दपी अर्को खेलमा सफलता प्राप्त गर्दै माजिया पुनः शीर्षस्थानमा उक्ले पछि टिसी दोस्रो स्थानमा झरेको छ । दुवैको समान १९ अंक भएपछि गोलअन्तरमा माजिया पहिलो र टिसी स्पोर्टस् दोस्रो स्थानमा रहेको छ ।
खेल सकिन ११ मिनेट बाँकी रहँदा इब्राहिम माहुदीले गोल गरेपछि टिसी स्पोर्टसको जित सम्भव भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने टिसी स्पोर्टसले लिएको थियो । कोर्लियुस स्टेवार्टले ५२ औं मिनेटमा गोल गर्दै टिसीलाई अग्रता दिलाए भने छ मिनेटपछि उनले नै दोस्रो गोल गरे ।
तर, ६५ औं मिनेटमा अहमद रिजुवानले गोल गर्दै गोलअन्तर घटाए । ७७ औं मिनेटमा जोसे अभिलाले हेड गोल गर्दै तिनादुलाई खेलमा फर्काए । तर, त्यो बराबरी लामो समय रहेन । ७९ औं मिनेटमा इब्राहिमले गोल गर्दै टिसी स्पोर्टसलाई महत्वपूर्ण जित दिलाए ।
‘हामीले हरेक खेलमा मेहनत गरेका छौं र त्यहि अनुसारको सफलता पनि मिलेको छ’ शुक्रबार मात्र नेपालबाट माल्दिभ्स पुगेका किरणले हाम्रो खेलकुदसँग भने,‘यहाँ उपाधिका लागि मुख्य तीन टोलीबीच प्रतिस्पर्धा छ । तुलानात्मक रुपमा हामी त्यति बलियो टोली होइनौं । तर पनि सबैको मेहनतले हामी अघि बढिरहेका छौं ।’
किरणले माजियासँग हुने अबको खेल महत्वपूर्ण हुने बताए । लिगका ६ खेल बाँकी रहेको अवस्थामा उनले भने ‘त्यो खेल जित्न सकेको खण्डमा उपाधि जित्ने सम्भावना रहन्छ । ’ ८ खेलमा सामन ६ जित हासिल गरेका माजिया र टिसी दुवैले १ बराबरी र अर्को खेलमा हार बेहोरेका छन् । गोलअन्तरमा माजिया अगाडि छ । एक खेल कम खेलेको न्यू रेडियन्ट एससीको १८ अंक छ । आज हुने खेल जितेमा न्यू रेडियन्ट शीर्षस्थानमा उक्लनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]