default_image

7 years ago

October 16, 2017

यो सिजन यी ४ युरोपियन क्लबलाई कसैले रोक्न सक्ला ?

विविध सुवेदी काठमाडौं – युरोपेली लिगहरु सुरु भएको भर्खर लगभग दुई महिना भएको छ । त्यसैले धेरै टाढाका नतिजाहरु अनुमान लगाउन कठिन नै पर्छ । तर बिहानको समयले दिनको सङ्केत गर्छ भनेझैँ यी ४ युरोपेली क्लबहरुको अहिलेको उत्कृष्ठ लयका कारण यिनलाई यो सिजन कसैले रोक्न नसक्ने नै देखिन्छ । पेरिस सेन्ट जर्मन (पिएसजी) लिग – फ्रान्सेली […]

26 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं – युरोपेली लिगहरु सुरु भएको भर्खर लगभग दुई महिना भएको छ । त्यसैले धेरै टाढाका नतिजाहरु अनुमान लगाउन कठिन नै पर्छ । तर बिहानको समयले दिनको सङ्केत गर्छ भनेझैँ यी ४ युरोपेली क्लबहरुको अहिलेको उत्कृष्ठ लयका कारण यिनलाई यो सिजन कसैले रोक्न नसक्ने नै देखिन्छ ।

पेरिस सेन्ट जर्मन (पिएसजी)

लिग – फ्रान्सेली लिग १
लिग रेकर्ड: खेल-९ जित-८ बराबरी-१ गोल-२९
सर्वाधिक गोलकर्ता – एडिन्सन काभानी (११ गोल)

गत साल लिग १ को दोस्रो स्थानमा चित्त बुझाएको पिएसजी यस सिजन निकै आक्रामक खेल पस्किँदै आएको छ । यसको श्रेय उसका दुई नयाँ खेलाडीहरु – नेयमार र किलियन बाप्पेलाई पनि जान्छ । उनीहरुले स्ट्राइकर काभानीसँग गरिरहेको तालमेल हेर्नलायक देखिन्छ ।

यस सिजन अपराजित रहेको पिएसजी केवल ९ खेलमै दोस्रो स्थानमा रहेको साविक विजेता मोनाकोभन्दा ६ अंकले अगाडि रहेको छ । पिएसजीको लिगसहित यस सिजन च्याम्पियन्स लिग पनि जित्ने लक्ष्य अहिलेदेखि नै प्रष्ट देखिन्छ ।

 

बार्सिलोना

लिग – स्पेनिश ला लिगा
सर्वाधिक गोलकर्ता – लियोनल मेस्सी (१३ गोल)
लिग रेकर्ड: खेल-८ जित-७ बराबरी-१ गोल-२४

पिएसजी जस्तै बार्सिलोना पनि अघिल्लो सिजन लिगमा दोस्रो स्थानमा परेको थियो । यस सिजन भने उसले साविक विजेता रियल म्याड्रिडको खराब सुरुवातको पनि फाइदा उठाइरहेको छ । बार्सिलोनाको प्रदर्शनका नायक रहेका छन् अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी ।

मेस्सीले घरेलु लिग र च्याम्पियन्स लिगमा कुल १३ गोल गर्दै आक्रमणमा पिएसजी प्रस्थान गरेका नेयमारको अभाव खड्किन दिएका छैनन् । बार्सिलोना हाल दोस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा ४ अंक र प्रतिद्वन्दि रियल म्याड्रिडभन्दा ५ अंकले अगाडि छ । यस सिजन रक्षात्मक रुपमा पनि बार्सिलोना निकै बलियो देखिएको छ ।

 

म्यानचेस्टर सिटी

लिग – इङ्ग्लिस प्रिमियर लिग
सर्वाघिक गोलकर्ता – सर्जियो अगुएरो/रहिम स्टेर्लिङ/ग्याब्रियल जेसस (७ गोल)
लिग रेकर्ड: खेल-८ जित-७ बराबरी-१ गोल-२९

अघिल्लो सिजन पेप ग्वार्डिओला पहिलो पटक प्रशिक्षकका रुपमा तेस्रो स्थानमा परेका थिए । यस सिजन भने पछिल्ला ३ लिग खेलमा १७ गोल गरेको सिटीलाई रोक्न निकै मुश्किल देखिन्छ । सिटीका लागि स्टार खेलाडी अगुएरो चोटिल रहँदा पनि टोलीले यस साता ७ गोल गरेको उदाहरणले सिटीको आक्रमणको स्तर त बताउँछ नै ।

त्यसका साथै ग्वार्डिओलाले थुप्रै रकम खर्चेर बलियो बनाएका डिफेन्स पनि प्रभावशाली देखिन्छ । हुन त उसको प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेड पनि यस सिजन अपराजित नै रहेको छ तर अहिलेको लागि सिटीको आक्रमणको युरोपमै कुनै जोड देखिँदैन ।

नेपोली
लिग – इटालियन सेरी-आ
सर्वाधिक गोलकर्ता – ड्राइस मर्टेन्स (८ गोल)
लिग रेकर्ड – खेल-८ जित-८ गोल-२६

युरोपका शीर्ष ५ लिगमा शतप्रतिशत नतिजा कायम गरेको नेपोली एक मात्र टोली हो । गत सिजन अन्य तीन क्लबहरुझैं नेपोली पनि उपाधि जित्नबाट वञ्चित भएको थियो । तर डिफेन्स र अट्याक दुवैमा निकै सुधार गर्दै नेपोलीले आफुलाई एक प्रबल दाबेदारको रुपमा उपस्थित गरेको छ ।

बेल्जियमका ड्रायस मर्टेन्सले यस सिजन ८ गोल गरिसकेका छन् भने इटालीका लोरेन्जो इन्सिन्याले ३ गोल र ४ असिस्ट गर्दै उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् । यस सिजन युभेन्टस र इन्टर मिलान लगायत टोलीहरुले नेपोलीलाई हराउन सांच्चै चुनौतिपूर्ण हुने छ

(एजेन्सीको सहयोगमा)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.