default_image

8 years ago

October 16, 2017

नेपाल फिफा वरियतामा तल झर्यो , जर्मनी शीर्षस्थानमा यथावत

143 views

0 Bookmark

काठमाडौं (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार सार्वजनिक गरेको फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल १ स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा पुगेको हो ।

nepal

७ स्थान तल झरेपनि एसियामा इरान शिर्ष स्थानमा छ । इरान ३४ औं स्थानमा छ भने अस्ट्रेलिया ७ स्थान माथि चढ्दै ४३ मा पुगेको छ । जापान ४ स्थानको गिरावटसँगै ४४ मा पुगेको हो ।

दक्षिण एसियाली रास्ट्रमा भारत १ सय ५ स्थानसहित शीर्षमा छ । भारतले २ स्थान फड्को मारेको हो । अफगानिस्तान १ सय ५४ मा छ । माल्दिभ्स १ सय ५६, भुटान १ सय ९०, बंगलादेश १ सय ९६, श्रीलंका १ सय ९८ औं स्थानमा छ भने एक साता अघि फिफाको निलम्बनमा परेको पाकिस्तान २ सय १ औं स्थानमा छ ।

त्यस्तै नेपाललाई होम एण्ड अवेका दुवै खेलमा पराजित गरेकी ताजकिस्तान १७ स्थान (१ सय २३ औं स्थान) माथि उक्लेको छ ।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.