8 years ago
November 9, 2017
लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वको सफल क्लबमध्ये पर्दछ । पछिल्लो दुई दशकमा टोलीले धेरै सफलता प्राप्त गरेको छ । विश्वका थुप्रै खेलाडी युनाइटेड जाने सपना देख्ने गर्दछन् । तर, केही यस्ता खेलाडी रहे जसले युनाइटेडको प्रस्तावलाई अस्वीकार गरे वा त्यहाँ जाने वातावरण बनेन । त्यसमध्येका केही खेलाडीका बारेमा यहाँ उल्लेख गरिएको छ ।
रोनाल्डिन्हो

युनाइटेडले २००३ मा डेभिड बेकह्यामको ठाँउ रोनाल्डिन्होले लिन अनुमानसहित सम्झौता गर्न चाहेको थियो । तर अन्तिम समयमा ब्राजिलियन स्टार बार्सिलोना पुगेका थिए । उनले क्याप नोउमा थ्रुपै सफलता हासिल पनि गरे । उनको मद्दतमा बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो भने युनाइटेडले त्यसको चार वर्षपछि सम्म लिग जित्न सकेन ।
सर्जियो रामोस
युनाइटेडका तत्कालिन प्रशिक्षक लुइस भान हाल सर्जियो रामोसलाई लिन चाहन्थे । रामोस पनि त्यसका लागि तयार रहेको बताइन्छ । तर, पनि उनले रियलसँग लामो सम्झौता गरे । गोलकिपर इकर कासिलासले क्लब छाडेसँगै रामोस क्लका कप्तान बने । रामोस विश्वका उत्कृष्ट रक्षक मध्येका एकमा रुपमा स्थापित छन् ।
टोनी क्रुस

क्रुसले सन् २०१४ मा बायर्न म्युनिख छाड्ने पक्का भएको थियो । त्यति बेला युनाइटेड उनलाई भित्राउन चाहन्थ्यो । तर जर्मन खेलाडीले रियल म्याड्रिड रोजे । जहाँ उनले थ्रुपै सफलता पनि प्राप्त गरेका छन् । युनाइटेडको प्रस्ताव अस्विकार गर्दै रियल जानुलाई उनीले उपयुक्त मानेका छन् । किनकी उनले रियलबाट च्याम्पियन्स लिग जितिसकेका छन् ।
थिएगो अल्कान्टारा

अल्कान्टार सन् २०१३ मा बार्सिलोनाबाट बायर्न म्युनिख पुगेका थिए । तर त्यति बेलाका प्रशिक्षक डेभिड मोयज उनलाई युनाइटेड लान चाहन्थे । तर, स्पेनिस मिडफिल्डरलाई लिन मोयज असफल भए । अल्कान्टारले पनि आफुलाई मोयजले लान चाहेको बताएका थिए । उनी अहिले विश्व फुटबलका उत्कृष्ट मिडफिल्डर मध्येका एकका रुपमा परिचित छन् ।
आरोन रामसे

सन् २००८ मा कार्डिफ सिटीबाट रामसे युनाइटेड आउने सहमत भइसकेका थिए । युनाइटेडले घोषणा समेत गरिसकेके थियो । तर त्यो घोषणा सफल हुन सकेन वेल्सका मिडफिल्डर आर्सनल लागे । उनलाई प्रशिक्षक आर्सन वेङ्गर मनाउन सफल भएका थिए । रामसेले आफुलाई आर्सनलमा स्थापित गरिसकेका छन् । उनको महत्वपूर्ण भूमिका रहँदा आर्सनले तीन पटक एफए कप जितिसकेको छ । त्यसमध्ये उनले दुईवटा फाइनलमा निर्णायक गोल गरेका थिए । यद्दपी उनी युनाइटेडमा हुन्थे भने अझै सफल हुन सक्थ्ये । त्यसयता युनाइटेडले ३ पटक लिग उपाधि जितसकेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]