default_image

8 years ago

November 9, 2017

गोल्डेन बुट जित्ने रोनाल्डोको दाबी

104 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगाको गोल्डेन बुट आफुले नै जित्ने भन्दै क्लबका अन्य खेलाडीसँग बाजी राखेको खुलासा भएको छ । यद्दपी सिजनमा उनको सुरुआत भने राम्रो हुन सकेको छैन ।

उनका प्रतिस्पर्धी मानिएका लियोनल मेस्सी भन्दा रोनाल्डो यो सिजन ११ गोलले पछि रहेका छन् । रोनाल्डोलाई विश्व फुटबलमा बलियो मनोबलको खेलाडी मानिन्छ । त्यसैले सोचे जस्तो सुरुआत गर्न नसकेपनि आउने दिनमा आफ्नो पूरानै लयमा फर्किने उनले दाबी गरेका छन् ।

पत्रकार जोसे रामोस डी ला मोरोनाले रेडियो मार्कासँगको कार्यक्रममा यो साता रोनाल्डोले ड्रेसिङ रुपमा आफ्नो साथीहरुसँग व्यक्त गरेको महत्वकांक्षालाई सार्वजनिक गरेका थिए । बार्सिलोनाका मेस्सीले यो सिजन १२ गोल गरिसकेका छन् भने रोनाल्डोले १ गोलमात्र गरेका छन् । त्यसका वावजुद उनी सिजनको सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जित्नेमा विश्वस्त छन् ।

मेस्सीलाई पछ्याउँदै भ्यालेन्सियाका सिमोने जाजाले ९ र भिल्लारियलका केड्रिकले यो सिजन ८ गोल गरिसकेका छन् । जिनेदिन जिदानको रियलले अब ला लिगामा शहरी प्रतिद्वन्द्वि एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । गत वर्ष एट्लेटिकोविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.