default_image

8 years ago

November 10, 2017

पोखरा रंगशालाको निर्माणमा चिनियाँ कम्पनीको चासो

191 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालाको फुटबल रंगशाला निर्माणका लागि मंसिरको पहिलो साता टेण्डर आह्वान हुँदैछ । टेण्डर आव्हान हुनुअघि नै विदेशी कम्पनीहरुले यसको निर्माणमा चासो दिन थालेका छन् । यो क्रममा कुनै न कुनै विदेशी कन्सट्रक्सन कम्पनीहरु पोखरा रंगशालाको फिल्ड भिजिट गर्न थालेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

दुई दिनसम्म दिनभरी जसो एक चिनियाँ निर्माण कम्पनीले पोखरा रंगशालाको निरिक्षण गरेको थियो । पोखरा रंगशालामा अवस्थित मिडिया सेन्टरमा कम्पनीका महाप्रवन्धक सहित कम्पनीका अन्तराष्ट्रिय सम्पर्क अधिकारीले कम्पनीका विभिन्न देशमा निर्माण गरेका रंगशालाका बारेमा प्रस्तुति समेत दिएका थिए ।

रंगशाला निर्माणमा दख्खल राख्ने चीनको सिमइ कन्सट्रक्सन कम्पनीका सम्पर्क अधिकारी सिमोन यिले हाल सम्म उक्त कम्पनीले चीन लगायत भारत, बर्मा, कगों, अफगानिस्तान, मंगोलिया लगायतका १६ देशमा रंगशाला निर्माण गरिसकेको अनुभव सुनाए । उक्त कम्पनीले चीनमा ४० हजार दर्शक क्षमताको आलोम्पिक रंगशाला निर्माण गरेको उनले बताए ।

कम्पनीका महाप्रवन्धक सिङ्ग वाङ्गले पोखरा रंगशाला १० महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने चुनौती रहेको बताए । उनले दाबीका साथ भने, ‘हामी बाहेक कुनै पनि निर्माण कम्पनीका लागि यो चुनौती नै हो । ’

मंसिरको पहिलो साता विडिङ्ग गर्नु पर्ने हालै राष्ट्रिय खेलकुद परिषदले निकालेको टेण्डर आह्वानमा उल्लेख गरिएको छ । पोखरा रंगशाला २० हजार दर्शक क्षमताको सुविधा सम्पन्न हुने बताइएको छ । रंगशालको फुटबल मैदानको झार उर्मान मात्रै १६ महिना लाग्ने भएकोले यदि आफुले टेण्डर पाएमा चिनियाँ कम्पनीले फिफाले मान्यता दिएको एस्ट्रो टर्फ लगाउने बताइएको छ ।

कम्पनीका अनुसार रंगशाला पुरै स्टिल फ्रेमको हुने र पोखरामा हावाको गतिलाई चिर्न प्राविधिक रुपमा सुधार गर्ने उनीहरुले बताएका छन् । यसै गरि १ सय जना सम्मअपाङ्गहरुका लागि सिट समेत छुट्टाइने छ भने ८ लेनको ट्रयाक आइएएएफ मान्यता प्राप्तको हुनेछ । उक्त कम्पनीले बताए अनुसार यदि दिनहुँ जसो रंगशाला व्यस्त रहेको खण्डमा पनि यसको आयु ३० देखि ३५ वर्षको हुनेछ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष पौडेलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै टेण्डर आह्वानमा भनिए बमोजिम काम सक्ने कम्पनीलाई मात्र निर्माण कार्यको जिम्मा दिनु पर्ने बताएका छन् । नेपालमा सन् २०१९ मार्चमा १३ औं साग आयोजना हुँदा केही खेल पोखरामा हुने बताइएको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.