8 years ago
November 9, 2017
ब्रसेल्स (एजेन्सी) – चेल्सीका फरवार्ड एडेन हाजार्डले रियल म्याड्रिडमा खेल्ने आफ्नो चाहनाको सङ्केत दिएका छन् । विगतका केहि वर्षदेखि रियल पनि हाजार्डलाई भित्र्याउन खोजिरहेको छ ।

बेल्जियमको पत्रिका आरटिएलसँग बोल्दै हाजार्डले जिनेदि जिदानसँग खेल्नु उनको सपना रहेको बताएका छन् । जिदान पनि आफ्ना अन्तरवार्ताहरुमा हाजार्डको प्रशंसा गरेको पाइन्छ ।
“सबैलाई थाहा भईसक्यो होला म जिदानलाई कति सम्मान गर्छु । उनी खेलाडि र उत्तिकै राम्रा प्रशिक्षक पनि हुन् । म उहाँको टोलीमा एक दिन अवश्य खेल्न चाहन्छु,” हाजार्डले आरटिएललाई बताए ।
चेल्सीमा हाजार्ड सन् २०२० सम्म आबद्ध छन् र गत सालसहित २०१४/१५ सिजनमा लिगको उपाघि पनि जितिसकेका छन् । त्यति बेला उपाधि जित्दाको प्रशिक्षक जोसे मौरिन्होको पनि हाजार्डले प्रशंसा गर्दै उनका लागि खेल्न पनि आफू तयार रहेको बताए ।
जिदानले २०१६ को जनवरीमा रियल सम्हाले यता टोलीलाई लगातार च्याम्पियन्स लिगको उपाधि जिताएका छन् । हाजार्डले पनि २०१२ मा प्रिमियर लिगमा आएयता दुई पटक प्रिमियर लिग उपाधि जितिसकेका छन् ।
अन्तरवार्ताको अन्तिममा हाजार्डले चेल्सीमा आफ्नो अझै कर्तव्य रहेको र अहिलेको सिजनमा आफ्नो ध्यान केन्द्रित रहेको पनि जनाए । तर च्याम्पियन्स लिग उपाधि र जिदानका लागि खेल्ने आफ्नो चाहना पूरा गर्ने खोजिमा उनी रियल पुग्ने सम्भावना पनि उत्तिकै देखिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]