default_image

8 years ago

November 9, 2017

सिएमजी क्लब संकटा राइनो गोल्ड कप फुटबल उपाधि

126 views

0 Bookmark

कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन क्लब सिएमजी क्लब संकटाले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सडन डेथमा अर्को ए डिभिजन टोली नेपाल एपिएफलाई ५–४ ले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

नवलपारसीको कोल्हुवामा बिहीबार भएको फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको थियो । पेनाल्टी सुटआउटमा पनि ४–४ बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको थियो । सडन डेथमा संकटाका विनय श्रेष्ठ नायक बने । उनले एपिएफका टोपबहादुर विष्टको प्रहार रोकेका थिए ।

खेलमा लिएको अग्रता जोगाउन एपिएफ असफल भएको थियो । हरि कार्कीले २७ औं मिनेटमा गोल गरेपछि एपिएफले अग्रता लिएको थियो । तर, खेलको अन्त्यतिर संकटाले गोल गर्दै खेलमा फर्कियो । अफ्रिकी मुलका मार्टिन अजायीले खेल सकिन १४ मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएका थिए ।

संकटाले उपाधिसहित ५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । संकटाले एक दिनको होम स्टे तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्ने मौका पाएको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । वन तथा भु संरक्षण मन्त्रालयका सचिब युवध्वज जिसीले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत ।

नन्द भाउजु मध्यवती उपभोक्ता समितीले राइनो संरक्षण गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो । कार्तिक १३ गतेबाट सुरु प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १२ टोलीको सहभागिता थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.