default_image

8 years ago

November 10, 2017

विश्वकपको युरोपियन प्ले अफ आज, सबैको नजर इटालीतिर

198 views

0 Bookmark

जुरिच (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने फुटबल विश्वकप २०१८ का लागि अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै अन्य ९ राष्ट्रको पनि छिट्टै टुङ्गो लाग्ने छ । 

Italy

आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउदा बाँकी २२ देशले भने विभिन्न चरणको छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

अब विश्वकपमा ९ राष्ट्रले स्थान बनाउन बाँकी छ र २२ राष्ट्रले नोभेम्वर १० तारिखबाट विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नेछन् । युरोपबाट प्ले अफमा ४ राष्ट्रले विश्वकपमा स्थान बनाउने छन् । आठ छनोट समूहका उपविजेताले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्दै छन् ।

युरोपियन प्लेअफमा क्रोएसिया–ग्रीस, उत्तरी आयरल्याण्ड–स्वीट्जरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड–डेनमार्क तथा स्वीडेन-इटालीले होम-एण्ड-अवेका आधारमा खेल्दै जित हात पार्ने टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

युरोपबाट चार पटकको विश्व विजेता इटालीले रसिया विश्वकपमा स्थान बनाउन सक्छ कि सक्दैन भन्ने निकै चासोको विषय बनेको छ । २००६ को विजेता पनि रहेको इटाली स्वीडेनसँग नोभेम्वर ११ र नोभेम्वर १४ तारिखमा प्ले अफ खेल्दै छ ।

युरोपका प्ले अफका खेलहरु:

क्रोएसिया विरुद्ध ग्रीस – नोभेम्वर १० राति १ः३० बजे

उत्तरी आयरल्याण्ड विरुद्ध स्वीट्जरल्याण्ड – नोभेम्वर १० राति १ः३० बजे

स्वीडेन विरुद्ध इटाली – नोभेम्वर ११ गते  १ः३० बजे

डेनमार्क विरुद्ध रिपब्लिक अफ आयरल्याण्ड – नोभेम्वर १२ राति १ः३० बजे

स्वीट्जरल्याण्ड विरुद्ध उत्तरी आयरल्याण्ड – नोभेम्वर १२ गते राति १ः३० बजे

ग्रीस विरुद्ध क्रोएसिया – नोभेम्वर १३ राति १ः३० बजे

इटाली विरुद्ध स्वीडेन – नोभेम्वर १४ राति १ः३० बजे

रिपब्लिक अफ आयरल्याण्ड विरुद्ध डेनमार्क – नोभेम्वर १५  राति १ः३० बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.