8 years ago
November 10, 2017
ब्युनस आइरिस (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोन मेस्सी अर्को वर्ष रसियामा हुने विश्व कपमा सन् २०१० को विजेता स्पेन र अर्जेन्टिना एकै समूहमा नपरोस् भन्ने चाहन्छन् । अर्को महिना विश्व कपको ड्र हुन लागेको सन्दर्भमा मेस्सीले यस्तो भनेका हुन् ।
जुलियन लोपेटेगुइको स्पेन अहिले फिफाको शीर्ष सात वरियतामा छैन । त्यसको अर्थ अब स्पेन सम्भवतः अर्जेन्टिना, ब्राजिल, जर्मनी वा फ्रान्स रहने कुनै एक समूहमा पर्ने सम्भावना रहन्छ । मेस्सी स्पेनलाई समूह चरणमै सामना गर्नु नपरोस् भन्ने चाहन्छन् किनकी उनको नजरमा स्पेन विश्वकै कठिन प्रतिद्वन्द्विमध्ये एक हो ।
‘यदि स्पेन हाम्रो समूहमा पर्यो भने त्यो हाम्रो लागि सबै भन्दा खराब ड्र हुनेछ ’ मेस्सीले भने, ‘म चाहन्छु उनीहरु हामीसँग नपरुन् । उनीहरु साँच्चै बलियो प्रतिद्वन्द्वि हुन् ।’ मेस्सीको नजरमा स्पेन, जर्मन, फ्रान्स र ब्राजिल सबैभन्दा बलिया प्रतिद्वन्द्वि हुन् र उनीहरुसँग व्यक्तिगत रुपमा क्षमतावान् खेलाडी रहेको पनि उनले बताए।
‘मलाई लाग्छ अहिलेको समयमा स्पेन, जर्मनी, फ्रान्स र ब्राजिल बलिया टोली हुन्, उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र त्यहाँ व्यक्तिगत रुपमा पनि प्रतिभावान् खेलाडी छन्’ मेस्सीले भने, ‘मलाई हामी छनोट हुन्छौं भन्नेमा विश्वास थियो । तर मलाई लागेको थियो कि हामी इक्वेडरसँगको खल अघि नै छनोट भइसक्ने छौँ ।’
अर्जेन्टिनाले छनोट चरणमा निकै संघर्ष गर्नु परेको थियो । छनोटको अन्तिम खेलको जितपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्रा पक्का भएको थियो । अर्जेन्टिनाले शनिबार रुससँग मैत्रीपूर्ण खेल खेल्दै छ र त्यसपछि नाइजेरियाको सामना गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]