8 years ago
November 10, 2017
जुरिच (एजेन्सी) – २०१८ मा आयोजना हुने रुस विश्वकपमा अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले आफ्नो स्थान बनाउन सफल भएका छन् । अन्य स्थानहरुका लागि भने रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ ।
आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउँदा बाँकी २२ राष्ट्रले भने विभिन्न चरणको छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् । अब विश्वकपमा ९ राष्ट्रले स्थान बनाउन बाँकी छ र नोभेम्बर १० तारिखबाट सो स्थानहरुका लागि प्ले अफ खेलिने छ ।
त्यस्तै अफ्रिका महादेशबाट तीन राष्ट्रले प्लेअफबाट रसिया विश्वकपमा स्थान बनाउन बाँकी छ । दक्षिण अफ्रिका विश्वकपको छनोटबाट बाहिरिसकेको अवस्थामा उसले सेनेगलको सामना गर्दैछ ।
सेनेगललाई विश्वकपमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्धको दुवै खेल जित्नु आवश्यक छ । सेनेगल अफ्रिकी छनोटको समूह ‘डी’को शीर्ष स्थानमा छ ।
समूह ‘डी’को अर्काे खेलमा बुर्किना फासोले केप भार्डे द्विपसँग खेल्दैछ । यस खेलमा भने दुवै टोलीमध्ये जसले जित हात पारेपनि सेनेगल पराजित भएको अवस्थामा विश्वकपमा स्थान बनाउने छन् । बराबरीले भने बुर्किना फासो र केप भार्डे द्विप दुवै टोलीको विश्वकप यात्रा यहीं सकिनेछ ।
यस्तै अफ्रिकी छनोटको समूह ‘सी’मा मोरोक्को र आइभोरी कोष्टले विश्वकपमा स्थान बनाउन खेल्नेछन् । मोरोक्को समूह ‘सी’को शीर्ष स्थानमा रहँदा आइभोरी कोष्ट एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ । यी दुईमध्येको विजेताले विश्वकपमा स्थान बनाउने छ ।
यसै गरी अफ्रिकी छनोटको समूह ‘ए’मा ट्युनिसिया शीर्ष स्थानमा रहँदा उसले लिवियासँग बराबरी खेले पनि विश्वकपमा स्थान पक्का गर्नेछ । यही समूहको अर्काे खेलमा कंगो र गिनियाले पनि भिड्दै छन् ।
अफ्रिकी छनोटको खेल तालिका:
दक्षिण अफ्रिका विरुद्ध सेनेगल – नोभेम्वर १० राति १०ः४५ बजे
आइभोरीकोष्ट विरुद्ध मोरोक्को – नोभेम्वर ११ राति ११ः४५ बजे
कंगो विरुद्ध गिनिया – नोभेम्वर ११ राति ११ः४५ बजे
ट्युनिसिया विरुद्ध लिविया – नोभेम्वर ११ राति ११ः४५ बजे
सेनेगल विरुद्ध दक्षिण अफ्रिका – नोभेम्वर १५ राति १ः३० बजे
बुर्किना फासो विरुद्ध केप भार्डे द्विप – नोभेम्वर १५ राति १ः३० बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]