8 years ago
November 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आफ्नो क्लबको अन्तिम खेल अघि नै स्वदेश फर्कने भएका छन् । फिलिपिन्सविरुद्ध मंगलबार हुने एएफसी एसियन कप छनोटको खेलका लागि रोहित फर्कन लागेका हुन् । उनी आज राती राजधानी आइपुग्ने उनका दाजु रविनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।
चोटका कारण झन्डै एक वर्ष मैदान बाहिर रहेका रोहित चोटमुक्त भएपछि गत चैतमा फेरि इन्डोनेसिया लिग १ को क्लब पर्सिजा जाकर्तामा आबद्ध भएका थिए । जाकार्तामा उच्च प्रदर्शन गर्दैै उनी इन्डोनेसिया लिगको १३, १४, १५ औं र २९ औं साताको उत्कृष्ट ११ मा पर्न सफल भएका थिए ।
तर, लिग १ को शीर्ष टोली भयाङ्कराविरुद्ध हुने क्लबको अन्तिम खेलमा भने उनी नहुने भएका छन् । पर्सिजालाई बराबरीमा रोकेमात्र पनि भयाङकरा यो सिजनको च्याम्पियन बन्नेछ । भयाङकराको ३३ खेलमा ६८ अंक छ । दोस्रो स्थानको बाली युनाइटेडको ६५ अंक छ । छैटौं स्थानमा रहेको पर्सिजाको ५८ अंक छ । सुरुआत खराब भएपनि पर्सिजाले पछि उच्च प्रदर्शन गर्दै अंक तालिकामा उकालो चढेको थियो । रोहित टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् ।
रोहित यसअघि सन् २०१२ देखि २०१५ सम्म पनि सोही क्लबबाट खेलेका थिए । अघिल्लोपल्ट मासिक ३ हजार ५ सय अमेरिकी डलरमा सम्झौता गरेका रोहितले यस पटक भने रकम खुलाएनन् ।रोहित त्यस्ता थोरै नेपाली खेलाडीमा पर्दछन्, जसको व्यवसायिक खेल जीवन स्वदेश भन्दा विदेशमा बढी वितेको छ । उनले यसअघि मलेसियाली क्लब र भारतीय लिग (आइलिग) बाट समेत खेलिसकेका छन् । मच्छिन्द्र क्लबबाट लिगमा डेब्यू गरेको अर्को सिजन उनी आइलिग टोली एचसिएल पुगेका थिए ।
चोट मुक्त भएर उनी गत माघमा सक्रिय खेल जीवनमा फर्केका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट तीन वटा नकआउट फुटबल खेल्दै उनले राष्ट्रिय टोलीमा पुरागमन गरेका थिए । एसियन कप छनोटअन्तर्गत चैत १५ गते फिलिपिन्सविरुद्ध खेलमा उनी पहिलो रोजाइमा थिए । उनको व्यवसायिक खेल जीवन चम्किलो रहेपनि व्यक्तिगत रुपमा दुई वर्ष उनका लागि पीडादायी रह्यो ।
नेपालले तीन अन्तराष्ट्रिय उपाधि जित्दा उनी टोलका सदस्य थिएनन् । घुँडाको चोटका कारण उनले झन्डै वर्षदिन मैदान बाहिर रहनु परेको थियो । दुई वर्षअघि मलेसियाको टि टिम एफसीका लागि खेल्दा एसिएल चोट लागेपछि रोहितले उतै शल्यक्रिया गरेका थिए । त्यसपश्चात डाक्टरको सल्लाहअनुसार केहि महिना विश्राम लिएका रोहितले कोलकातामा गएर ग्राउण्ड रिकभरी गरे । केहि महिना फिटनेसका लागि आफैं प्रशिक्षण गरेका रोहितले फुटबल मैदानमा फर्किन मनाङको साथ रोजेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]