8 years ago
November 10, 2017
लण्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज इङ्ग्ल्यान्ड र जर्मनी भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्ब्ली स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ ।
इङ्ग्ल्यान्डका लागि केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । ह्यारी केन, डेले अल्ली, रहिम स्टेर्लिङ र जोर्डन हेन्डरसन चोटका कारण यस खेलमा सहभागी हुने छैनन् । त्यस्तै डिफेन्डर ग्यारी केहिल पनि नखेल्ने सम्भावना रहेको छ ।
यसै गरी ट्यामी अब्राहम र रुबेन लफ्टस-चिक भने इङ्ग्ल्यान्डका लागि सुरुवात गर्ने केहि नयाँ अनुहार हुन सक्छन् । त्यस्तै केन घाइते रहेकाले म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कोस रासफोर्डले जेमी भार्डिलाई अग्रपंक्तिमा साथ दिने देखिन्छ ।
त्यस्तै जर्मनीका लागि भने गोलकिपर म्यानुयल नोया घाइते रहेका छन् । जर्मनीका प्रशिक्षक जोकिम लोले आफ्ना केहि खेलाडिहरुलाई फ्रान्ससँगको अर्को मैत्रीपूर्ण खेलका लागि विश्राम पनि दिन सक्ने छन् ।
यी दुई राष्ट्र बीचको पछिल्लो ६ भेटमा जर्मनी ४ पटक विजयी रहेको छ भने इङ्ग्ल्यान्डले २ जित हात पारेको छ । लुकास पोडोल्स्कीको सुन्दर प्रहार यी दुई बीच पछिल्लो पटक भेट्दा निर्णायक सावित भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]