default_image

8 years ago

November 10, 2017

जापान ब्राजिलको सामना गर्दै, हेर्नुहोस् सुरुवाती ११

156 views

0 Bookmark

लिल (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत अहिले ब्राजिल र जापान फ्रान्सको लिलमा भिड्दै छन् । नेपाली समय अनुसार यस खेल ५.४५ बजे सुरु हुँदै छ ।

ब्राजिल र जापन दुवै राष्ट्र आ-आफ्नो महादेशबाट सजिलैले विश्वकपमा छनोट भएका थिए । ब्राजिल दक्षिण अमेरिकी छनोट समूहमा पहिलो भएको थियो भने जापानले पनि आफ्नो समूहमा आफूलाई अग्रस्थानमा उभ्याएको थियो ।

यस खेलमा ब्राजिलका तर्फबाट फिलिप कौटिन्हो चोटका कारण खेल्दै छैनन् भने अग्रपंक्ति म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रियल जेसस र पिएसजीका नेयमारले सम्हाल्दै छन् ।

दुवै टोलीको सुरुवाती ११ यस प्रकारको रहेको छ:

ब्राजिल: अलिसन; मार्सेलो, जेमरसन, थियागो सिल्भा, ड्यानिलो; फर्नान्डिन्हो, क्यासमिरो, गुइलियानो; विलियन, नेयमार, जेसस

जापान: कावासिमा; साकाइ, योसिडा, माकिनो, नागाटोमो; यामागुचि, हासेबे, इडेगुचि; कुबो, हारागुची, ओसाको

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.