default_image

8 years ago

November 10, 2017

फ्रान्स वेल्ससँग भिड्दै, बेल्जियमको खेल मेक्सिकोसँग

150 views

0 Bookmark

पेरिस (एजेन्सी) – यस पटकको विश्वकपको दाबेदार मानिएको फ्रान्स आज राति मैत्रीपूर्ण खेलमा वेल्सको सामना गर्दै छ । पेरिसको स्टाडे डे फ्रान्स रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ ।

France Euro cup
फ्रान्सका लागि गोलकिपर ह्युगो लोरिस घाइते रहेका छन् भने डिफेन्डर राफायल भरान र स्ट्राइकर ओलिभर जिरुड पनि सामान्य चोटिल रहेका छन् । त्यस्तै वेल्सले आफ्नो मुख्य खेलाडि ग्यारेथ बेललाई चोटका कारण गुमाउने छन् ।

फ्रान्स र वेल्स पहिलो पटक एकआपसमा भिड्दै छन् । त्यस्तै अर्को मैत्रीपूर्ण खेलमा बेल्जियम मेक्सिकोको सामना गर्दै छ । बेल्जियमका लागि डिफेन्डर जान भर्टोन्घेन, टोबी एल्डरवेरल्ड र भिन्सेन्ट कम्पनी चोटका कारण उपलब्ध छैनन् ।

यसै गरी युरोपियन विजेता पोर्चुगल २.३० बजे साउदी अरेबियासँग भिड्दै छ । सन् २००६ मा भएको यी दुई बीचको एक मात्र खेलमा पोर्चुगल ३-० ले विजयी रहेको थियो ।

अाज खेलिने मैत्रीपूर्ण खेलहरुको समय तालिका:

युक्रेन विरुद्ध स्लोभाकिया – ११.४५ बजे

बेल्जियम विरुद्ध मेक्सिको – १.३० बजे

पोल्यान्ड विरुद्ध उरुग्वे – १.३० बजे

इङ्ग्ल्यान्ड विरुद्ध जर्मनी – १.४५ बजे

फ्रान्स विरुद्ध वेल्स – १.४५ बजे

पोर्चुगल विरुद्ध साउदी अरेबिया – २.३० बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.