default_image

8 years ago

November 10, 2017

जापान विरुद्ध ब्राजिलको सहज जित

135 views

0 Bookmark

लिल (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पाँच पटकको विश्वकप विजेता ब्राजिलले जापानलाई ३-१ ले हराएको छ । ब्राजिलका लागि नेयमार, ग्याब्रियल जेसस र मार्सेलोले गोल गरेका थिए ।

ब्राजिलले पहिलो हाफको दशौं मिनेटमै पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै ब्राजिललाई खेलमा अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीलाई भने गोलमा परिणत गर्न नेयमार चुकेका थिए ।

त्यस्तै ब्राजिल पहिलो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । १७ औं मिनेटमा मार्सेलोले आकर्षक प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए भने म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रियल जेससले ३६ औं मिनेटमा गोल गर्दै स्कोर ३-० बनाएका थिए ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिल दोस्रो हाफमा भने गोल गर्न असफल रह्यो । जापानले दोस्रो हाफमा टोमाएकी माकिनोको गोलमार्फत एक सान्तवना गोल हात पारेको थियो ।

अब ब्राजिलले मङ्गलबार इन्ङ्ल्यान्डको सामना वेम्ब्लीमा गर्ने छ भने जापान सोहि दिन बेल्जियमसँग भिड्दै छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.