8 years ago
November 10, 2017
अर्जुन कार्की
बागलुङ– बागलुङमा चिल्ड्रेन लाईफ अन्तर मावि फुटबल प्रतियोगिता आज सुरु भएको छ । उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले सनराइज बोडिङ्ग स्कुल बागलुङलाई ६–१ ले पराजित गर्यो ।
आयोजक टोलीका लागि २२ औं मिनेटमा मनोज थापाले, २८ औं मिनेटमा मिनेटमा राजिव श्रीसले र २९ मिनेटमा सरोज क्षेत्रीले गोल गरे । त्यस्तै दोस्रो हाफको छैटौं मिनेटमा लोकेन्द्र पुनले, आठौं मिनेटमा नारायण कुँवर र २५ औ मिनेटमा सौगात थापाले गोल गरे । सौगातले पेनाल्टीमा गोल गरेका हुन् ।
सनराइजका राजिवलाई पेनाल्टी बक्समा फाउल हानेपछि आयोजक टोलीले पेनाल्टी पाएको थियो । सनराइजका डेनिस थापाले एक गोल फर्काए । १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले उद्घाटन गरे । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २५ र दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने बाँकी दुई टोली समान ५ हजार रुपैयाँ पाउने आयोजक स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ बताए । प्रतियोगितामा शनिबार ४ खेल हुनेछन् । अमृत आदर्श मावि र सिदार्थ शिक्षा सदन, भिमसेन मावि र चिल्ड्रेन लाईफ रातो, त्रिभुवन मावि र कालिगण्डकी मावि तथा अमर आदर्श मावि गरिमा आवासिय मावि प्रतिस्पर्धा हुने आयोजक शिक्षक सुरेन्द्र शाक्यले जानकारी दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]