default_image

8 years ago

November 11, 2017

फ्रान्स र पोर्चुगल विजयी, इङ्ग्ल्यान्ड र जर्मनी रोकिए

106 views

0 Bookmark

पेरिस (एजेन्सी) – गए राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको दाबेदार मानिएको फ्रान्सले वेल्सलाई २-० ले हराएको छ । फ्रान्सका लागि एन्टोएने ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरेका थिए ।

फ्रान्सले खेलको १८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा अर्का स्ट्राइकर ओलिभर जिरुडले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको युरोपियन विजेता पोर्चुगल साउदी अरेबियालाई ३-० ले हराउन सफल रह्यो । पोर्चुगलका लागि म्यानुयल फर्नान्डेज, गोन्चालो गुइडेस र जाओ मारिओले गोल गरेका थिए ।

यस्तै इन्ङ्ल्यान्ड र जर्मनी भने वेम्ब्लीमा गोलरहित बराबरीमा रोकिन पुगे र गए राति खेलिएको अन्य खेलमा बेल्जियमले मेक्सिकोसँग ३-३ को रोमाञ्चक बराबरी खेल्यो ।

बेल्जियमका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने चेल्सीका एडेन हाजार्डले एक गोल गरेका थिए ।
मेक्सिकोका लागि भने आन्द्रेस् ग्वार्डाडोले पेनाल्टीमार्फत गोल गरेका थिए र फरवार्ड हिर्भिङ लोजानोले दुई गोल गरेका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.