default_image

8 years ago

November 11, 2017

प्ले अफमा इटाली पराजित, ६० वर्षमा पहिलो पटक छनोट नहुने खतरा

125 views

0 Bookmark

स्टोक्होम (एजेन्सी) – युरोपको विश्वकप प्ले-अफ अन्तर्गत गए राति चार पटकको विश्व विजेता इटाली स्विडेनसँग पहिलो लेगमा १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए ।

स्विडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखे पनि गोल भने गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि हार टार्न भने सकेन ।

जोहान्सनले ६१ औं मिनेटमा गरेका २०-यार्ड टाढाको प्रहार ड्यानियल डे रोस्सीलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । इटालीका लागि डिफेन्डर म्याटिओ डार्मियानको एक प्रहार पोस्टमा पनि लागेको थियो । सोमबार खेलिने दोस्रो लेगमा इटालीका लागि मिडफिल्डर मार्को भेराट्टि प्रतिबन्धित रहने छन् ।

स्विडेनले फ्रान्स रहेको समूहमा नेदरल्यान्ड्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाउन सफल भएको थियो । त्यस्तै इटाली भने आफ्नो समूहमा स्पेनसँग पछि पर्दै प्ले अफमा धकेलिएको थियो ।

सोमबार खेलिने दोस्रो लेगमा इटालीले स्विडेनलाई जित्नै पर्ने हुन्छ । हार वा बराबरीको अवस्थामा इटाली सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन असफल हुने छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.