8 years ago
November 11, 2017
मस्को (एजेन्सी) – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सीले अर्का अर्जेन्टिनी खेलाडी सिबासटियन ड्रुसीलाई नचिनेकोमा उनीसँग माफी मागेका छन् । जेनित सेन्ट्स पिटर्सबर्गका स्ट्राइकर ड्रुसीले मेस्सीसँग तस्बिर खिचाउँदा मेस्सीले उनलाई एक साधारण समर्थक मानेकोमा खेद प्रकट गरेका हुन् ।
मेस्सी हाल अर्जेन्टिनी टोलीसँग रुसको राजधानी मस्कोमा छन् । अर्जेन्टिनाका खेलाडी ड्रुसी आफ्नो राष्ट्रका खेलाडी भेट्न उनीहरु बसेको होटल पुगेका थिए । मेस्सीले ड्रुसीसँग फोटो खिचाएपनि उनलाई नचिनेकोमा मेस्सी निराश रहेको फक्स स्पोर्ट्स अर्जेन्टिनालाई बताएका हुन् । ड्रुसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उक्त फोटो हालेपछिमात्र मेस्सीलाई गल्तीको भान भएको अर्जेन्टिनी सुपरस्टार मेस्सीले बताए ।
‘मैले उनलाई चिनेपनि त्यस समयमा नचिन्दा म निराश छु । मलाई ड्रुसी को हुन् भन्ने थाहा थियो तर त्यस समय भने मैले उनलाई एक साधारण समर्थक रहेको सोचे । इन्स्टाग्राममा त्यस तस्बिर देखेपछि मैले उनलाई माफी मागे ‘ , मेस्सीले भने , ‘उनको र मेरो पहिले पनि कुरा भएको छ र हामि एकै ट्याटु आर्टिस्टसँग ट्याटु बनाउछौ। त्यसैले म उनलाई राम्रोसँग चिन्छु । ‘
२१ वर्षीय ड्रुसी ४ वर्ष अर्जेन्टिनी क्लब रिभर प्यालेटबाट खेलेपछि हाल रुसको लिगमा जेनित सेन्ट्स पिटर्सबर्गबाट खेल्दैछन् । उनले अर्जेन्टिनी यू-१७ र यू-२० सँग गरेर २३ खेलमा ८ गोल गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]