8 years ago
November 11, 2017
लिल (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले गलत कथा प्रकाशित गरेको भन्दै फ्रान्सेली सञ्चारमाध्यमको आलाचोन गरेका छन् । उनले फ्रान्सेली सञ्चारमाध्यमले भने जस्तो टोलीका प्रशिक्षक युनाई इम्री र सहकर्मी इन्डिसन काभानीसँग कुनै समस्या नरहेको दाबी गरेका छन् ।
पछिल्ला केही साता यता नेयमार पिएसजीमा खुसी हुन नसकेको भन्दै पटक पटक समाचार प्रकाशित भएका छन् । नेयमार तीन महिना अघि मात्र पिएसजीमाा आबद्ध भएका थिए । यद्दपी क्लबमा आबद्ध भए पछिको एक खेलमा पेनाल्टी हान्ने विषयमा काभानीसँग विवाद भएको थियो । सञ्चारमाध्यमले प्रशिक्षक इम्रीसँग पनि उनी रुष्ट रहेको उल्लेख गर्दै आएका छन् ।
जापानसँग शुक्रबारको मैत्रीपूर्ण खेलपछि बार्सिलोनाका पूर्व स्टारले इम्रीसँग जोडिएर आएका सबै खाले समाचार झुटो भएको बताएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार नेयमारले भने, ‘फ्रान्सका सञ्चारमाध्यमले धेरै खाले कथा रचेका छन् । त्यसमा कुनै सत्यता छैन । प्रशिक्षक र काभानीसँग मेरो कुनै समस्या छैन ।’
उनले पिएसजी आफ्नो लागि सहि क्लब भएको पनि दोहोराएका छन् । ‘मलाई ठिक छ , म यहाँ खुसी छु’ , उनले भने, पिएसजीलाई जिताउन प्रतिबद्ध पनि छु र मैदानमा अन्य खेलाडीलाई सहयोग गर्न शतप्रतिशत दिन्छु ।’ उनले इम्रीको निर्देशनमा काम गर्न आफुलाई कुनै समस्या नरहेको पनि प्रष्ट पारको छन् । तर सञ्चारमाध्यमा अरु नै समाचार छापिने गरेको उनको गुनासो गरेका थिए ।
‘म जहिले यहाँ आए, इम्रीसँग छलफल गरेँ। उनले मलाई हर हिसाबले मैदानमा सहयोग गर्ने बताएका थिए,’ नेयमारले स्मरण गरे , ‘मलाई मेरो भूमिका बारेमा जानकारी छ । प्रशिक्षकले जे भन्छन् म त्यसका लागि तयार छु । तर यस्ता सृजना गरिएका समाचारले मलाई दुःखी बनाउँछ ।’
नेयमार यत्तिमा शान्त भएनन् । उनले भने, ‘जनतालाई दिन दिनको कुरा थाहा हुँदैन । तर यस्ता अनावश्यक हल्लाले प्रभावित पार्दछ । मलाई यस्ता गसिप र त्यस्ता बनावटी कथा मन पर्दैनन् ।’ नेयमारले पिएसजी पुगेपछि सबै खाले खेलमा कुल ११ गोल गरिसकेका छन् । उनको आबद्धतापछि पिएसजीले लिग १ र च्याम्पियन्स लिग उपाधि जित्ने आशा गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]