default_image

8 years ago

November 12, 2017

अर्जेन्टिनासँग विश्व कप आयोजक रुस पराजित

120 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व कपको तयारीमा आयोजक रुससँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको छ । सर्जियो अगुएरोको अन्तिम समय तिरको गोल निर्णायक रह्यो ।

Aguero

खेलमा पहिलो हाफ देखि नियन्त्रण लिएको भ्रमणकारी टोली अर्जेन्टिनाले गोल गर्न भने सकेन । पहिलो हाफमा मेस्सीको पासमा डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाउने प्रयास गरेपनि घरेलु टोलीका किपर इगोर अकिनिफले उत्कृष्ट बचाउ गर्दै रुसलाई खेलमा जीवित राखे ।

दोस्रो हाफमा पनि पोसिसनमा अर्जेन्टिनाको नियन्त्रण रह्यो । मेस्सीले गोलकिपर अकिनिफलाई चिप गरेपनि रुसका डिफेन्डर कोन्सटानटीन रौस्चले गोललाई बाट क्लियर गरे । रुसकालागि डेनिस ग्लुसाकोभले पहिलो पटक अर्जेन्टिनी किपर सर्जियो रोमेरोलाई परिक्षण गरे ।

बराबरी तर्फ लम्किदै गरेको खेलमा ८६ औं मिनेटमा अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई निर्णायक गोल दिलाए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.