default_image

8 years ago

November 12, 2017

टोरेस प्रिमियर लिग फर्कन सक्ने

122 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– लिभरपुलका पूर्व स्टनर फर्नान्डो टोरेस फेरि प्रिमियर लिग फर्कने सम्भावना बढेको छ । जनवरीमा एट्लेटिको म्याड्रिडबाट ३३ वर्षे टोरेस लोनमा जाने निश्चित भएपछि उनी पुनः प्रिमियर लिग फर्कने सम्भावना देखिएको हो । उनी न्यूक्यासल र साउथह्याम्पटन मध्ये एकमा जान सक्ने बताइएको छ ।

लिभरपुलमा रहँदा टोरेसले १ सय ४२ खेलमा ८१ गोल गरेका थिए । पछि सन् २०११ मा उनी चेल्सी पुगिेका थिए । त्यहाँबाट पनि खेल जीवन सुरु गरेको क्लब एट्लेटिको फर्केका थिए । डिएगो कोस्टा जनवरीमा एट्लेटिको पुगेपछि आफ्नो भूमिका सिमित हुने बुझेका टोरेस प्रिमियिर लिग फर्कन इच्छुक देखिएको बताइएको छ । उनीमाथि न्यूक्यासल र साउथ ह्याम्पटनले चासो देखाइरहेको छ ।

राफा बेनिटेजको प्रशिक्षणमा रहेको न्यूक्यासल जाने सम्भावना बढी रहेको उल्लेख गरिएको छ । टोरेस र बेनिटेजबीच राम्रो सम्बन्ध रहेको बताइएको छ । एट्लेटिकोमा टोरेसको सम्झतौ अझै १८ महिना बाँकी रहेपनि आउने पुरा सिजन गर्ने साचका साथ उनी पुरानो क्लब छाड्ने मनस्थितिमा पुगेका हुन् । एट्लेटिकोसँगको सम्झौताको अन्त्यसँगै उनी खेल जीवनको अन्त्य गर्न चाहन्थे । तर, परिस्थिति उनको अनुकुल रहेन । कतिपयले उनी एमएलएस वा चीन जान सक्ने पनि अनुमान गरेका छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.