default_image

8 years ago

November 12, 2017

इब्राहिमोभिचको आगमनले थप बलियो हुनेछौं – लुकाकु

118 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचको आगमनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधिका लागि थप चुनौति पेश गर्ने स्ट्राइकर रोमेलु लुकाकुले विश्वास व्यक्त गरेका छन् । युनाइटेडका लागि यो सिजन लुकाकुले लगभग सबै खेलमा सुरुआत गरेका छन्

इब्राहिमोभिचको पुनरागमन पछि भने प्रशिक्षक जोसे माउरिन्होसँग थप विकल्प हुनेछन् । त्यसपछि लुकाकुले पनि टोलीको पहिलो रोजाईमा पर्न संघर्ष गर्नुपर्ने हुन सक्दछ । अप्रिलमा युरोपा लिगमा घाइते भएयता इब्राहिमोभिच मैदान बाहिर रहँदै आएका छन् । उनको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । पछि उनी फेरि एक वर्षका लागि युनाइटेडमा आबद्ध भएका थिए ।

इब्राहिमोभिचको पुनरागमनको विषयमा लुकाकुले स्काई स्पोर्टस्सँग भने,‘उनको पुनरागमनले मलाई साच्चै उत्साहित पारेको छ । उनको आगमनले टोलीमा अर्को एक उत्कृष्ट खेलाडी थपिनेछन् । जति बेला हामी जस्तो टोलीसँग कसैले सामना गर्छ पक्कै कठिन हुनेछ । उनी आएपछि हामीले म्यानचेस्टर सिटीलाई अझै चुनौति दिन सक्छौं ।’

प्रिमियर लिगमा शीर्षस्थानमा रहेको सिटीको ३१ तथा दोस्रो स्थानको युनाइटेड र तेस्रो स्थानको टोटेनह्यामको समान २३ अंक छ । एभर्टनका पूर्व स्ट्राइकर लुकाकुले हालै बेल्जियमका लागि २ गोल गरे । यो सिजन देश र क्लबका लागि गरेर उनले २० खेलमा १६ गोल गरिसकेका छन् ।

यद्दपी, उनी आलोचनाका विषय बन्ने गरेका छन् । उनी भने सिजनभरको प्रदर्शनबाट आलोचकलाई शान्त पार्ने योजनामा छन् । ‘जति बेला मैले सम्झौता गरे सबैले प्रश्न गरेका थिए । मैले राम्रो सुरुआत गर्दै केही मान्छेलाई आश्चार्यमा पारे,’ उनले भने, ‘हामी अहिले पनि सिजनको सुरुआती अवस्थामा छौं । केही सकिएको छैन । अहिले हामीले जस्तो गरिरहेका छौै यो भन्दा अझै राम्रो गर्न सक्दछौं । ’

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.