default_image

8 years ago

November 13, 2017

रोनाल्डो चौथो सन्तानका पिता बने

128 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले आइतबार छोरीलाई जन्म दिएकी छन् । ३२ वर्षे रोनाल्डोले आफुसँगै २२ वर्षे प्रेमिका, छोरी र आफ्ना जेठा छोराको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले इन्स्टाग्राममा फोटो अपलोड गर्दै लेखेका छन्,‘आलाना मार्टिना भर्खर जन्मेकी छन् । जियो र एलान दुवै ठिक छन् र हामी सबै खुसी छौं ।’
म्याड्रिडमा रोनाल्डोको घर नजिकै रहेको क्विरोन युनिभर्सिटीमा जर्जियालाई लगिएको थियो । जर्जियाको यो पहिलो सन्तान हो भने रोनाल्डोको चौथो ।

उनले नोभेम्बर २१ मा एलानालाई जन्मे दिने अनुमान थियो । तर, आइतबार साँझ नै उनले जन्म दिएको रोनाल्डोले बताएका छन् । आधा स्पेनिस र आधा अर्जेन्टाइन जर्जियाले गत अगस्टमा एलानालाई जन्म दिन गरिएको तयारीका बारेमा बताएकी थिइन् । रोनाल्डोले गत साता मात्र बाबु हुनुको अनुभव सुनाएका थिए ।

सरोगेटबाट जुनमा अमेरिका एभा र माटेवा जुम्लाहा सन्तानको जन्म भएको थियो । पछि उनीहरुलाई म्याड्रिड लगिएको थियो । ७ वर्षे जेठो छोरा क्रिस्टियानो जुनियर पनि सरोटेट आमाले नै जन्म दिएकी थिइन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.