default_image

8 years ago

November 13, 2017

‘फिलिपिन्ससँग त्यसै हार मान्ने छैनौं’– कप्तान महर्जन

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अवे खेलमा ४–१ ले पराजित भएको थियो । झन्डै ८ महिनापछि फेरि नेपालले फिलिपिन्सको सामना गर्दैछ । यसपटक घरेलु मैदानमा खेल हुन लागेको कप्तान विराज महर्जनले फिलिपिन्सविरुद्ध उच्च प्रदर्शनको आशा राखेका छन् ।

बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोली । तस्बिरः विवेक सुवेदी/हाम्रो खेलकुद

खेल मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुनेछ । नेपाल छनोट चरणबाट बाहिरिसकेको छ भने फिलिपिन्स ८ अंकसहित शीर्षस्थानमा छ । कप्तान विराजले प्रशिक्षण राम्रो भएकोले भइरहेको र टोली फिलिपिन्सलाई हराउनमा दृढ रहेको बताएका छन् ।

‘सिचुएसन गाह्रो नै छ, हामी छनोटबाट बाहिरिसकेका छौं । उनीहरु छनोट नजिक छ ’ विराजले हाम्रो खेलकुद डटकमसँग भने, ‘जस्तोसुकै गाह्रो भएपनि हामी घरेलु मैदानमा फिलिपिन्ससँगै हार्ने पक्षमा नभई जित्ने लक्ष्यका साथ मैदान उत्रनेछौं । टफ फाइट हुनेछ ।’

अवे खेलमा पराजित भएपनि नेपाली टोलीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको स्मरण गर्दै भने, ‘हामीलाई घरेलु दर्शकको साथ छ, दर्शकको साथले हामीलाई उत्प्रेरणा मिल्नेछ । सकेसम्म जित्ने प्रयास हुनेछ । नसके त्यतिकै हार मान्ने छैनौं ।’

उनले टोलीमा सन्तुलन रहेको र अघिल्ला खेलहरुमा देखिएको गल्तिलाई सुधार्नमा प्रशिक्षण केन्द्रित रहेको बताए । ‘अघिल्ला खेलमा डिफेन्समा कमजोरी देखिएको थियो, प्रशिक्षणमा अहिले डिफेन्सको मिस्टेकलाई कम गर्ने पक्षमा प्रशिक्षण भइरहेको छ ’ उनले भने, ‘फिलिपिन्सविरुद्धको खेलमा हाम्रो डिफेन्सलाई सुधारह हुनेछ, स्ट्राइकिङ लाइनले पनि पाएको अवसर सदुपयोग गर्नेमा म आशावादी छु ।’

यद्दपी, यसअघिका ४ खेलमा नेपालले २ गोल मात्र गर्न सकेको छ भने ९ गोल खाइसकेको छ । ताजकिस्तानसँग दुवै खेलमा हारेको नेपालले यमनसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो । यमन र ताजकिस्तानको समान ६ अंक भने नेपालको १ अंक छ ।

 

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.