default_image

8 years ago

November 13, 2017

रक्षक देवेन्द्र तीन महिना मैदान बाहिर

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका रक्षक देवेन्द्र तामाङ चोटका कारण कम्तीमा ३ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँगको खेलका लागि प्रशिक्षणका क्रममा गत साता एमसिएल च्यातिएपछि लेफ्ट ब्याक देवेन्द्रले आराम गर्नुपर्ने भएको छ ।

देवेन्द्र तामाङ (रातो जर्सी) ले यमनसँगको खेलमा ‘डेब्यू’ गरेका थिए । फाइल तस्बिर

टोलीका चिकित्सक राजु दाहालले कम्तीमा देवेन्द्र तीन महिना मैदान बाहिरन रहने सक्ने उल्लेख गर्दै,‘रिकभरी कसरी हुन्छ त्यसमा बढी भर पर्दछ । ’ नेपाल र फिलिपिन्सबीच मंगलबार हुने खेलमा उनी हुने छैनन् । देवेन्द्रले जेठ ३० गते काठमाडौंमा भएको यमनसँगको खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए ।

उनले तीनवटा खेलमा देशको प्रतिनिधित्व गरिसकेका छन् । यमनपछि उनले ताजिकिस्तानविरुद्धका दुवै खेल खेलेका थिए । झापा–११ बाट व्यवसायिक फुटबल खेलिरहेका देवेन्द्रले फागुनमा बंगलादेशमा भएको शेख कमल क्लब कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लबबाट खेलेका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.