default_image

6 years ago

November 13, 2017

जगजित र अनिलको राष्ट्रिय टोलीमा पुनरागमन,नेपालले भोली फिलिपिन्ससँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्दा संयासको तयारीमा रहेका अनिल गुरुङ पनि समेटिएका छन् । एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि आज २३ सदस्यीय टोलीको घोषणा हुँदा जगजित र अनिल परेका हुन् । अनिल ताजकिस्तानविरुद्धका अघिल्ला दुई खेलमा टोलीमा थिएनन् […]

18 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्दा संयासको तयारीमा रहेका अनिल गुरुङ पनि समेटिएका छन् । एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि आज २३ सदस्यीय टोलीको घोषणा हुँदा जगजित र अनिल परेका हुन् ।

अनिल ताजकिस्तानविरुद्धका अघिल्ला दुई खेलमा टोलीमा थिएनन् । उनी चोटमुक्त भएर फर्केसँगै टोलीमा परेका छन् । उनले फिलिपिन्सको खेलसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने बताइसकेका छन् । भोली खेले भने त्यो उनको ५० औं खेल हुनेछ । जगजित पछिल्लो एक वर्षदेखि अस्ट्रेलियन क्लबमा आबद्ध थिए ।

गत महिना ताजकिस्तानविरुद्धको खेलमा रहेका २३ मध्ये २० खेलाडी यथावत रहँदा ३ जनाले पुरागमन गरेका हुन् । जगजित र अनिलसँगै गोलकिपर विशाल पनि पुनः टोलीमा फर्केका छन् भने अर्का गोलकिपर एलन न्यौपाने बाहिरिएका छन् । अघिल्लो खेलमा रहेका रक्षकद्वय आदित्य चौधरी र देवेन्द्र तामाङ चोटका कारण यसपटक परेनन् ।

ग्यातुको कोजीको नेतृत्वमा राजु शाक्य र उज्वल मानन्धर रहेको प्रशिक्षण टोलीले गरेको अन्तिम छनोटमा बाँकी अधिकांश पुरानै खेलाडीले टोलीमा स्थान बनाएका छन् । समूह चरणका यसअघिका ४ खेलमा नेपालले ३ हार र १ खेलमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथ, विशाल श्रेष्ठ

रक्षक: विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की,राजेन्द्र रावल, दीनेश राजवंशी

मिडफिल्डर: सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा मगर,सुनिल बल

फरवार्ड: भरत खवास, विमल घर्तीमगर,अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की

 

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.