default_image

8 years ago

November 13, 2017

‘फिलिपिन्सलाई रोक्ने प्रयास गर्नेछौं’– मुख्य प्रशिक्षक कोजी

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्ससँग हुने भोलीका खेलमा नेपालको लक्ष्य भनेको आफ्नो स्तर सुधार्नेमा मात्रै सिमित रहेको छ । किन की नेपाल एएफसी एसियन कपको समूह चरणबाट बाहिरिसकेको छ । तर, नेपालले शीर्षस्थानमा रहेको फिलिपिन्सलाई घरेलु मैदानमा रोक्ने अवसर भने पाएको छ ।

अवे खेलमा गत चैतमा भोगको ४–१ को हारको बदला लिने मौका पाएको छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोको एस्ट्रो टर्फमा भोली २ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीले पनि फिलिपिन्सलाई रोक्ने प्रयास गर्ने बताएकाा छन् । आज भएको प्रि म्याच कन्फ्रेन्समा उनले विगतमा रणनीतिमा खासै फरक नहुने पनि बताएका छन् ।

पुरानै रणनीतिमा खेलाउनु पर्ने बाध्यताका रुपमा कोजीले दुई मुख्य रक्षक देवेन्द्र तामाङ र आदित्य चौधरी चोटका कारण टोलीबाट बाहिरिनु लिएको छन् । ‘प्रशिक्षण दौरान दुई मुख्य रक्षक घाइते भए । टोलीको सन्तुलन मिलाउन अभ्यास गरिरहेका छौं ’ प्रशिक्षक कोजीले भने, ‘अघिल्ला खेलमा देखिएको कमजोरी हटाउन केन्द्रित छौं । भोली पुरानै प्रणालीमा खेलाउछौं । उनले फिलिपिन्सको स्तर नेपालको भन्दा माथी रहेकोले उनीहरुको स्तर छुन प्रयास गर्ने पनि बताए ।

समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्स ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाललाई पराजित गरे फिलिपिन्स पहिलो पटक एसियन कपको लागि छनोट हुनेछ । समूहमा यमन र ताजकिस्तानको समान ६ अंक छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.