8 years ago
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीको एउटा प्रचलन स्थापित भैसकेको छ । राष्ट्रिय टोलीमा जति बेला अनिल गुरुङ उनै टोलीको कप्तान हुन्छन् । चोट वा अन्य कारण उनी टोलीमा नहुँदा टोली नेतृत्वको जिम्मेवारी विराज महर्जनको काँधमा जाने गर्दछ । यो प्रक्रिया चलेको लामो समय भइसकेको छ । यसपटक पनि फेरि सोही प्रक्रिया दोहोरिएको छ ।
एएफसी एसियन कपका पछिल्ला दुई खेलमा चोट कारण अनिल टोलीमा थिएनन् । त्यति बेला विराजले नै टोलीको कप्तानी गरे । भोली फिलिपिन्सविरुद्ध हुने टोलीमा अनिल समेटिए र उनले स्वतः कप्तानको जिम्मेवारी सम्हालेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि टोलीको घोषणा नहुँदा सम्म पछिल्लो खेलको आधार विराज नै कप्तान थिए । यसपटक भने अनिलका लागि केही फरक अनुभव हुँदैछ । उनीले फिलिपिन्सविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने बताइसकेका छन् ।
उनले आफ्नो अन्तिम खेलमा जित्ने आशा राखेका छन् । उनी फिलिपिन्सलाई हराउने नेपाली टोलीमा क्षमता रहेको बताउँछन् । ‘फिलिपिन्स हामीभन्दा धेरै बलियो टोली हो यो अहिले मात्रै हैन पहिले देखि नै हो ’ कप्तान गुरुङले भने, ‘समूहमा नेपाल पुछारमा रहेपनि मंगलबारको खेल नेपालको लागि महत्वपूर्ण छ । उनीहरुलाइृ जित्न मिहेनत गर्नुपर्छ ।’ अनिलले फुटबलको मेरुदण्ड लिग नहुँदा खेलाडी छनोटको लागि पर्याप्त विकल्प नभएको गुनासो पनि गरे ।
समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्स ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाललाई पराजित गरे फिलिपिन्स पहिलो पटक एसियन कपको लागि छनोट हुनेछ । समूहमा यमन र ताजकिस्तानको समान ६ अंक छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]