8 years ago
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत भोली नेपालविरुद्ध हुने खेल सहज नहुने फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डोलले बताएका छन् ।
‘पछिल्लो समयमा नेपालले निकै सुधार गरेको छ । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण छ । नेपालमाथि जित हात पार्नु हामीलाई सजिलो हुनेछैन ’ आज आयोजित प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक डोलेले भने, ‘घरेलु मैदानमा नेपालसँग खेल्न निकै गाह्रो हुन्छ भन्ने सुनेको छु । त्यसका वावजुद भोली हुने खेल निकै प्रतिस्पर्धात्मक हुने र त्यसमा हामीले सफलता हासिल गर्ने आशा गरेका छौं ।
प्रशिक्षक डोलेले हरेक टोलीको प्रदर्शन सधै उस्तै नहुने बताए । यसअघिको खेलमा फिलिपिन्स ४–१ ले विजयी भएको प्रसंगमा डोलले भने, ‘त्यो खेल अर्कै हो, भोलि अर्कै खेल हुनेछ । खेल सधै एकनासको रहदैन । हरेक खेल फरक हुन्छ । तर पनि हाम्रो सधै प्रयास जित्नकै लागि हुन्छ ।’ नेपालसँगको अन्तिम तयारीका लागि फिलिपिन्स पाँच दिनअघि नेपाल आइसकेको थियो ।
समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्स ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाललाई पराजित गरे फिलिपिन्स पहिलो पटक एसियन कपको लागि छनोट हुनेछ । समूहमा यमन र ताजकिस्तानको समान ६ अंक छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]